२ पुस २०८२, बुधबार | December 17, 2025

शितल निवासमा आज एजेण्डा बिनाको सर्वदलीय बैठक बस्दै



काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीको आह्वानमा आज शितल निवासमा सर्वदलीय बैठक बस्दैछ । सत्ता समीकरणका बिषयमा दलहरुबीच तीव्र ध्रुविकरण चलिरहेका बेला राष्ट्रपति भण्डारीले सर्वदलीय बैठकको आयोजना गरेकी हुन् ।

आज राष्ट्रपति भवन शितल निवासमा बोलाईएको सर्वदलीय बैठकमा संसदमा प्रतिनिधित्व गर्ने राजनीतिक दलका अध्यक्ष तथा पूर्व प्रधानमन्त्रीहरुलाई बोलाइएको छ ।

आज दिउँसो ४ बजेका लागि बोलाइएको बैठकको सुचनामा कुनै एजेण्डा उल्लेख नगरिएको बताईएको छ । एजेण्डा बिना बोलाईएको बैठक सम्बभवत दल र प्रधानमन्त्री केपी ओलीका बीच बढ्दै गएको तिक्तता कम गर्नका लागि हुन सक्ने अनुमान गरिएको छ ।

यसअघि पनि प्रधानमन्त्रीको अनुकुल हुने गरी पार्टीभित्र एकता कायम गराउन राष्ट्रपति सक्रिय हुने गरेको भन्दै आलोचना हुने गरेको थियो ।

राष्ट्रपति भण्डारीमाथि संसद विघटनमा प्रधानमन्त्री केपी शर्मा ओलीको कदममा परामर्श नलिई भएको स्विकृतीलाई लिएर उनको भूमिकालाई लिएर सर्वत्र टिप्पणी भएको थियो ।

आलोचकहरुले देशका गम्भीर सवालहरुमा भन्दा ओली नेतृत्वको सरकार टिकाउन राष्ट्रपतिले भूमिका खेल्ने गरेका भन्दै आलोचना गर्ने गरेका छन् ।

 

प्रकाशित मिति : ३ चैत्र २०७७, मंगलबार  ९ : १५ बजे

एमाले ११ औँ महाधिवेशनमा नयाँ नेतृत्व चयनका लागि मतदान सुरु

काठमाडौं । नेकपा एमालेको ११ औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व

एमाले ११ औँ महाधिवेशन : मतदानका लागि प्रतिनिधि लाइनमा

काठमाडौं । नेकपा (एमाले)को ११ औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व

पश्चिम तराईमा हुस्सु-कुहिरो, धनगढी-नेपालगञ्ज-भैरहवामा हवाई सेवा प्रभावित

काठमाडौं । पश्चिम तराईका विभिन्न जिल्लामा हुस्सु-कुहिरो लागेको छ, जसका

माथिल्लो मुस्ताङको घरदैलोमा स्वास्थ्य शिविर

मुस्ताङ । माथिल्लो मुस्ताङको सीमावर्ती गाउँको घरदैलोमै स्वास्थ्य शिविर सञ्चालन

खानेपानीको सङ्कट झेल्दै चुरेफेदका मेनहर्वावासी

सिरहा । लहान नगरपालिका-१५ स्थित मेनहर्वा बस्तीका स्थानीय लामो समयदेखि