२ बैशाख २०८३, बुधबार | April 15, 2026

राष्ट्रपतिले बोलाएको सर्वदलीय बैठक जारी; पूर्वप्रधानमन्त्रीत्रय नेपाल, खनाल र भट्टराई अनुपस्थित



काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले बोलाएको सर्वदलीय बैठक जारी छ । बैठकमा संसदमा प्रतिनिधित्व गर्ने सबै दलका शिर्ष नेताहरु उपस्थित छन् ।

प्रधानमन्त्री केपी शर्मा ओली, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, जसपाका अध्यक्ष महन्थ ठाकुर उपस्थित छन् । यसैगरी राप्रपा अध्यक्ष कमल थापा, राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी, नेमकिपातर्फबाट सांसद प्रेम सुवाल बैठकमा उपस्थित छन् ।

मन्त्रिपरिषदका पूर्वअध्यक्ष खिलराज रेग्मी पनि बैठकमा उपस्थित भएका छन् । तर, तीन पूर्वप्रधानमन्त्रीहरु माधवकुमार नेपाल, झलनाथ खनाल र बाबुराम भट्टराई भने अनुपस्थित भएका छन् ।

पार्टीले भोलि आयोजना गरेको राष्ट्रिय भेलाको तयारीमा केन्द्रित हुनुपर्ने भएकाले नेपाल र खनाल सहभागी नभएको उनी निकट नेताले बताएका छन् ।

नेकपा एमालेका एमालेका वरिष्ठ नेताद्वय नेपाल र खनाल पक्षले भोलि र पर्सि काठमाडौंमा राष्ट्रिय भेलाको आयोजना गर्दैछ ।

यसैगरी पूर्वप्रधानमन्त्री एवं जनता समाजवादी पार्टी जसपाका राष्ट्रिय परिषद् अध्यक्ष डा. भट्टराई पनि स्वास्थ्य समस्या देखाउँदै सर्वदलीय बैठकमा अनुपस्थित भएका हुन् ।

राजनीतिक दलहरुबीच बढेको अविश्वास र सत्ता समीकरणको तिब्र रस्साकस्सी चलिरहेको बेलामा समसामयिक विषयमा छलफल गर्नेभन्दै अर्थपूर्ण बैठक बोलाइएको हो ।

संसद विघटन गर्दा भने राष्ट्रपति भण्डारीले दलहरुसँग एकपटक पनि परामर्श नगरी सरकारको सिफारिस अनुमोदन गरेकी थिइन । यतिबेला प्रधानमन्त्री केपी शर्मा ओली उनकै पार्टी नेकपा एमालेका माधव झलनाथ पक्ष र विपक्षी दलहरुबाट घेरिएका छन् ।

प्रकाशित मिति : ३ चैत्र २०७७, मंगलबार  ३ : ५७ बजे

बुटवलमा वैशाख ५ मा रैथाने सीप-कला प्रदर्शनी हुने

बुटवल । पुराना सीप कलाको संरक्षण र जर्गेना गर्न बुटवलमा

शुक्रबार संसदीय समितिका सभापतिको निर्वाचन

काठमाडौँ । प्रतिनिधिसभाअन्तर्गतका विषयगत समितिको सभापतिको निर्वाचन यही वैशाख ४

कांग्रेसले पूर्णबहादुर खड्कालाई ७ दिने स्पष्टीकरण सोध्ने

काठमाडौं । नेपाली कांग्रेसले पार्टीका नेता पूर्णबहादुर खड्कासँग सात दिने

सैनिक मञ्‍चमा मनाइयो प्रथम अन्तर्राष्ट्रिय आरोग्य दिवस, ‘नेपाल आरोग्य वर्ष २०२७’ घोषणा

काठमाडौं । संयुक्त राष्ट्रसंघले ‘आरोग्य दिवस’ को मान्यता दिएपछि बुधबार

सवारी नियम उल्लघंन गर्ने सभामुख अर्यालले प्रयोग गर्ने गाडीलाई ट्राफिक प्रहरीको चिट

काठमाडौं । सभामुख डीपी अर्यालले प्रयोग गर्ने गाडीलाई ट्राफिक प्रहरीले