२ आश्विन २०८३, शुक्रबार | September 18, 2026

इंग्ल्यान्डविरूद्धको टी-ट्वान्टी सिरिज भारतलाई



काठमाडौं । पाहुना टोली इंग्ल्यान्डविरुद्धको टी-ट्वान्टी क्रिकेट सिरिज जितेको छ । अहमदाबादमा शनिबार भएको अन्तिम तथा पाँचौं खेलमा इंग्ल्यान्डमाथि ३६ रनको जित निकाल्दै भारतले सिरिज ३-२ ले जितेको हो ।

भारतले दिएको २ सय २५ रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको इंग्ल्यान्डले २० ओभरमा ८ विकेट गुमाएर १ सय ८८ रन बनाउन सक्यो ।

डाविड मालन र जोस बटलरले अर्धशतकीय इनिङ्स खेले पनि इंग्ल्यान्डलाई जित दिलाउन सकेनन् । मालन ६८ रन जोड्दा आउट भए भने बटलर ५२ रनमा आउट भए । यस्तै जासन रोय सुन्य रनमा आउट हुँदा जोनी बेयर्स्टोले ७ रन बनाए ।

बेन स्टोक्सले १४ रन जोड्दा क्रिस जोर्डन ११ रन बनाएर आउट भए । कप्तान इयान मोर्गन र जोफ्रा आर्चर १/१ रनमा आउट भए । साम करण १४ रनमा अविजित रहे । इंग्ल्यान्डलाई सस्तैमा समेट्न शार्दुल ठाकुरले ३ विकेट लिए । भुवनेश्वर कुमारले २ तथा हार्दिक पाण्डय र टी नटराजनले १/१ विकेट लिए ।

यस अघि पहिले ब्याटिङ गरेको भारतले २० ओभरमा २ विकेट गुमाएर २ सय २४ रन बनाएको थियो । भारतका लागि कप्तान विराट कोहलीले अविजित रहदै ८० रनको अर्धशतकीय इनिङ्स खेले ।

यस्तै रोहित शर्माले ६४ रनको अर्धशतकीय इनिङ्स खेले । हार्दिक पाण्डय ३९ रनमा अविजित रहदा सुर्य कुमार यादवले ३२ रन बनाए । इंग्ल्यान्डका आदील खान र बेन स्टोक्सले १/१ विकेट लिए ।

प्रकाशित मिति : ८ चैत्र २०७७, आइतबार  ६ : ४२ बजे

कांग्रेसको वडा अधिवेशनमा सहभागी हुन आग्रह

काठमाडौँ । नेपाली कांग्रेस केन्द्रीय निर्वाचन समितिले यही असोज ३

प्रधानमन्त्रीका सल्लाहकारको नाम तथा पदको दुरुपयोग गरी ठग्ने चौलागाईँ र शिवाकोटी पक्राउ

काठमाडौँ । प्रधानमन्त्रीको प्रमुख सल्लाहकारको नाम तथा पदको दुरुपयोग गरी

बाढीको कटानले मुग्लिनदेखि गल्छीसम्मको सडकमा क्षति

चितवन । भोटेकोशी बाढीले त्रिशूली नदी किनारको पृथ्वी राजमार्गमा ठाउँ–ठाउँमा

संविधान जारीको ११ वर्ष : सीमान्तकृत समुदायमा छाएको आशा

नेपालगन्ज । नयाँ संविधान जारी भएको एक दशक बित्दा बाँकेका

अर्थमन्त्री वाग्ले र भारतीय विदेशमन्त्री एस जयशंकरबीच भेटवार्ता

नयाँदिल्ली । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र भारतीय विदेश मन्त्री