२३ बैशाख २०८३, बुधबार | May 6, 2026

नेपाल दक्षिण एसियाकै ‘खुसी मुलुक’



काठमाडौं । संयुक्त राष्ट्रसंघको दिगो विकास समाधान नेटवर्कले नेपाललाई दक्षिण एसियाकै ‘खुसी मुलुक’ घोषणा गरेको छ ।

नेटवर्कले शुक्रबार सार्वजनिक गरेको सन् २०२१ को ‘वल्र्ड ह्याप्पिनेस रिपोर्ट’अनुसार खुसी मुलुकको सूचीमा नेपालले ५.२६९ अंकसहित ८७ औं स्थान प्राप्त गरेको हो ।

नेटवर्कले १ सय ४९ मुलुकका नागरिकसँग अन्तरक्रियाका माध्यमबाट खुसीको विषयमा विश्लेषण गरी प्रतिवेदन सार्वजनिक गरेको हो । सन् २०२० मा नेपाल ९२ औं र २०१९ मा सयौं स्थानमा थियो ।

सन् २०१९ मा नेपाल भुटान र पाकिस्तानपछि तेस्रो खुसी हुने मुलुकमा सूचीकृत थियो । राष्ट्रसंघले कोभिड भाइरस महामारीपछि मनोवैज्ञानिक, सामाजिक, आर्थिक सूचकलाई आधार मानेर १ सय ४९ मुलुकमा अध्ययन गरेको थियो । कुल गार्हस्थ उत्पादन, सामाजिक सहयोग, व्यक्तिगत स्वतन्त्रता र भ्रष्टाचारको अवस्थालाई अध्ययनका लागि आधार लिइएको थियो ।

भारत ३.८१९ अंक प्राप्त गरी १ सय ३९ औं र चीन ५.३३९ अंक प्राप्त गरी ८४ औं स्थानमा सूचीकृत भएका छन्। श्रीलंका ४.३२५ अंक ल्याएर १ सय २९ औं, पाकिस्तान ४.९३४ अंक प्राप्त गरी १ सय ५औं, बंगलादेश ५.२५ अंक प्राप्त गरी १ सय १ औं, मालदिभ्स ५.१९८ अंक प्राप्त गरी ८९ औं स्थानमा सूचीकृत भएका छन ।

‘जुन मुलुकका जनता आफ्नोपन महसुस गर्छन्, जहाँ विश्वास र खुसी बाँडिनुका साथै सार्वजनिक संस्थाप्रति भरोसा महसुस हुन्छ, त्यो मुलुक खुसियाली मुलुकमा सूचीकृत हुन्छन्,’ अध्ययनमा सहभागी संयुक्त राष्ट्रसंघका जोन हेलिवेलले भने । उनका अनुसार मुस्लिम समुदायप्रतिको घृणा, बेरोजगारी र सामाजिक विशृंखलताका कारण केही मुलुक बेखुसी मुलुकको सूचीमा परेका छन ।

फिनल्यान्ड संसारकै खुसी मुलुक

फिनल्यान्ड यो वर्ष पनि संसारकै खुसी मुलुकमा परेको छ । ७.८४२ अंक प्राप्त गरी फिनल्यान्ड १ नम्बरमा परेको हो । फिनल्यान्डका नागरिक सबैभन्दा बढी खुसी रहेको प्रतिवेदनले औंल्याएको छ ।

गत वर्ष विश्वभर कोभिड भाइरसको महामारीपश्चात् पनि फिनल्यान्डका नागरिक अन्य मुलुकको तुलनामा बढी खुसी रहेको अध्ययनका क्रममा भेटिएको जनाइएको छ । एकआपसप्रति विश्वास तथा सरकारप्रति पूर्ण भरोसाका कारण नागरिकमा खुसीयाली देखिएको अध्ययन प्रतिवेदनमा उल्लेख छ ।

अन्य खुसी मुुलुकको अग्रस्थानमा डेनमार्क दोस्रो, स्विटजरल्यान्ड तेस्रो, आइसल्यान्ड चौथो, नेदरल्यान्ड पाँचौं, नर्वे छैटौं नम्बरमा छन । सबैभन्दा दुःखी मुलुकमा सार्क सदस्य राष्ट्र अफगानिस्तान सूचीकृत भएको छ । सबैभन्दा धनी राष्ट्रमध्ये एक अमेरिका भने खुसीयाली राष्ट्रको सूचीमा १९ औं नम्बरमा आउन सफल भएको छ । उक्त समाचार आजको अन्नपूर्ण पोस्ट दैनिकमा छापिएको छ ।

प्रकाशित मिति : ८ चैत्र २०७७, आइतबार  ७ : २६ बजे

कार्यान्वयन गर्न सकिने योजना मात्रै समेट्न मुख्यमन्त्री आचार्यको निर्देशन

दाङ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले आगामी आर्थिक वर्षको

हतियार देखाएर शृङ्खलाबद्ध लुटपाटको अभियोगमा दुई जना पक्राउ

काठमाडौँ । हतियार देखाएर शृङ्खलाबद्ध लुटपाट मच्चाउने दुई जना पक्राउ

भारतीय केरा आयात रोकिँदा नेपाली केराले मूल्य पाउन थाले

बागलुङ । बागलुङ नगरपालिका–१३ नयाँपुलका लीलाधर जैसीको केरा बारीमा हिजोआज

संवैधानिक परिषद् बैठक बिहीबार

काठमाडौँ । सर्वोच्च अदालतको प्रधानन्यायाधीश नियुक्ति प्रक्रिया अघि बढाउन संवैधानिक

पूर्वविशिष्टको दोहोरो सवारीसुविधामा सरकारको निगरानीः विवरण बुझाउन गृहलाई कडा निर्देशन

काठमाडौँ । राज्यकोषबाट दोहोरो र असीमित सुविधा लिने प्रवृत्तिलाई नियन्त्रण