८ बैशाख २०८१, शनिबार | April 20, 2024

हाटबजार व्यवसायीद्धारा २६ औं नियमित रक्तदान सम्पन्न



बुटवल । हाटबजार व्यवसायी संघ जिल्ला शाखा, रुपन्देहीले मंगलबार रक्तदान कार्यक्रम सम्पन्न गरेको छ ।

संघको १५ औं वार्षिक साधारणसभाको अवसर पारेर २६ औं नियमित रक्तदान कार्यक्रम सम्पन्न गरेको हो ।

कार्यक्रममा ५० जनाले रक्तदान गरेको संघका अध्यक्ष टेक बहादुर जिसीले जानकारी दिए । जिसीले रगतको अभावले कुनै पनि विरामीले ज्यान गुमाउने अवस्था आउन नदिन व्यवसायीहरूले नियमित रूपष्मा रक्तदान गर्दै आएको बताए । संघले समय-समयमा विभिन्न सामाजिक कार्यहरू गर्दै आइरहेको छ ।

सानो पूँजी लगानी गरी हाटबजार व्यवसायीहरू स्वरोजगार बनेका छन् । कार्यक्रममा संघका उपाध्यक्षद्धय कृष्ण प्रसाद पौडेल, शोभा पोखरेल, महासचिव हुमाराम पोखरेल, कार्यक्रम संयोजक भीष्म अर्याल लगायतले बोलेका थिए ।

संघको साधारणसभा यहीँ चैत २४ गते हुँदैछ । रुपन्देहीका विभिन्न ठाउँमा लाग्ने हाट बजारमा व्यवसायीहरूले सानो लगानी गरी स्वरोजगार भएका छन ।

हाटबजारमा व्यवसायीहरुले स्थानीय सरकारले हाटबजारको पूर्वाधार विकासमा ध्यान दिनुपर्ने बताउँदै आएका छन् । कार्यक्रममा पूर्व उपाध्यक्ष छविलाल चापागाई, पूर्व माहासचिव नेत्र पोखरेल, लगायत संघका पदाधिकारी र सदस्यहरुको उल्लेख्य सहभागिता रहेको थियो । कार्यक्रमको आर्थिक सहयोग तुलसी काफ्ले कोपिला सापकोटा र पूर्णबहादुर क्षेत्रीले गरेका थिए ।

प्रकाशित मिति : १० चैत्र २०७७, मंगलबार  ३ : ५६ बजे

भारतले रोक्यो नेपाली चियाको निर्यात

झापा । भारतले पटके गुणस्तर परीक्षणको नयाँ प्रावधान लागू गरेर

डोल्पामा हिउँ चितुवाको सङ्ख्या नेपालमै उच्च

डोल्पा । हिमाली जिल्ला डोल्पामा दुर्लभ वन्यजन्तु हिउँ चितुवाको सङ्ख्या

पर्यटकको रोजाइमा घोडेपानी, एक वर्षमा ३१ हजारले गरे भ्रमण

म्याग्दी । विसं २०८० मा ३१ हजारभन्दा बढी विदेशी पर्यटकले

६८ लाखको लागतमा प्रशासनिक भवन निर्माण

टीकापुर । टीकापुर नगरपालिका वडा नं. ७ को प्रशासनिक भवन

सिंगापुरमा एभरेष्ट मसला माथी प्रतिबन्ध, किटनाशक औषधी हालिएको खुलासा

सिंगापुर । एभरेष्ट किचन किंग मसलाको नाम त तपाईले सुन्नु