१७ असार २०८३, बुधबार | July 1, 2026

संसदको भूमिका प्रभावकारी बनाउन भन्दै ओलीले बोलाए संसदीय दलको बैठक



काठमाडौं । सरकारले संसदलाई बिजनेश बिहिन बनाएको आरोप चर्कँदै गएपछि संसदको भूमिका र बिजनेशका बिषयमा छलफल गर्न प्रधानमन्त्री एवं नेकपा एमाले संसदीय दलका नेता केपी शर्मा ओलीले संसदीय दलको बैठक बोलाएका छन्।

आगामी बजेटमा विकास निर्माणको योजना तयारी गर्ने, तथा पार्टीमा जारी विवादको समाधानका बिषयमा सांसदहरुसँग छलफल गर्न ओलीले बैठक डाक्न लगाएको एमाले संसदीयदलका प्रमुख सचेतक बिशाल भट्टराईले जानकारी दिएका छन् ।

भट्टराईका अनुसार अनुसार बैठकमा संसदको चालु अधिवेशनलाई कसरी प्रभावकारी बनाउने विषयमा संसदीय दलको बैठकमा छलफल हुनेछ।

शुक्रबार दिउँसो ३ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने गरी ओलीले संसदीय दलको बैठक बोलाएको प्रमुख सचेतक  भट्टराईले जानकारी दिए।

यसअघि ओलीले बोलाएको सबै बैठकहरुमा अनुपस्थित रहेका नेपाल पक्षका सांसदहरु आजको बैठकमा पनि सहभागी हुने सम्भावना छैन । बैठकले लगातार बैठकमा अनुपस्थित हुने सांसदका बिषयमा भने छलफल हुने वा नहुने भन्ने बिषयमा कुनै जानकारी दिईएको छैन ।

 

प्रकाशित मिति : १२ चैत्र २०७७, बिहिबार  ३ : ०६ बजे

मेसीसँग बराबरी गर्दै एम्बाप्पे गोल्डेन बुटको दौडमा

काठमाडौं । कप्तान किलियन एम्बाप्पेको दुई गोल र माइकल ओलिसेको

बागलुङमा कुकुरलाई ‘होस्टेल’

बागलुङ । बागलुङ नगरपालिकाले सामुदायिक तथा समस्याग्रस्त कुकुरलाई आवासीय सुविधासहित

परीक्षा सकिएको सातौँ दिनमा परीक्षाफल

बागमती । बागमती विश्वविद्यालयले विश्वविद्यलायअन्तर्गत सञ्चालित तीनवटा सङ्कायको पहिलो सेमेष्टरको

म्याग्दीलाई पूर्णखोपयुक्त घोषणा

म्याग्दी । म्याग्दीलाई पाँच वर्षमुनिका बालबालिकाले पूर्णखोप पाएको सुनिश्चितता तथा

फोहरबाट आम्दानी गर्दै मध्यविन्दु

मध्यविन्दु । नवलपरासी (बर्दघाट सुस्तापूर्व)को मध्यविन्दु नगरपालिकाले घरघरबाट सङ्कलन हुने