१ पुस २०८२, मंगलबार | December 16, 2025

संसदको भूमिका प्रभावकारी बनाउन भन्दै ओलीले बोलाए संसदीय दलको बैठक



काठमाडौं । सरकारले संसदलाई बिजनेश बिहिन बनाएको आरोप चर्कँदै गएपछि संसदको भूमिका र बिजनेशका बिषयमा छलफल गर्न प्रधानमन्त्री एवं नेकपा एमाले संसदीय दलका नेता केपी शर्मा ओलीले संसदीय दलको बैठक बोलाएका छन्।

आगामी बजेटमा विकास निर्माणको योजना तयारी गर्ने, तथा पार्टीमा जारी विवादको समाधानका बिषयमा सांसदहरुसँग छलफल गर्न ओलीले बैठक डाक्न लगाएको एमाले संसदीयदलका प्रमुख सचेतक बिशाल भट्टराईले जानकारी दिएका छन् ।

भट्टराईका अनुसार अनुसार बैठकमा संसदको चालु अधिवेशनलाई कसरी प्रभावकारी बनाउने विषयमा संसदीय दलको बैठकमा छलफल हुनेछ।

शुक्रबार दिउँसो ३ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने गरी ओलीले संसदीय दलको बैठक बोलाएको प्रमुख सचेतक  भट्टराईले जानकारी दिए।

यसअघि ओलीले बोलाएको सबै बैठकहरुमा अनुपस्थित रहेका नेपाल पक्षका सांसदहरु आजको बैठकमा पनि सहभागी हुने सम्भावना छैन । बैठकले लगातार बैठकमा अनुपस्थित हुने सांसदका बिषयमा भने छलफल हुने वा नहुने भन्ने बिषयमा कुनै जानकारी दिईएको छैन ।

 

प्रकाशित मिति : १२ चैत्र २०७७, बिहिबार  ३ : ०६ बजे

रुंदै बाहिरिएको भनिएका प्रदीप ज्ञवालीले मागे ओली प्यानलका लागि मत

काठमाडौँ । महासचिव पदमा अध्यक्ष केपी ओलीले टिममा समावेश नगरेपछि

सिँचाइका २२ रुग्ण ठेक्का तोडियो, ठेक्का सम्झौता रकम १४ अर्ब २३ करोड

काठमाडौं । । ठेक्का सम्झौता गर्ने तर काम नगरेर वर्षोंदेखि

रुद्रकली र खगेन्द्रप्रसाद भैरहवा पुगे : भोलि कतार उड्दै

चितवन । नेपाल सरकारले कतार सरकारलाई उपहारस्वरुप पठाउन लागेका दुईवटा

यसरी हुँदै छ विद्युतीय मेसिनमार्फत एमाले महाधिवेशनमा भोटिङ

काठमाडौं । नेकपा (एमाले) को ११ औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत आज