२० मंसिर २०८२, शनिबार | December 6, 2025

डिशहोमको रिचार्जमा ईन्टरनेट सित्तैमा



काठमाडौं । अब डिशहोमको ग्राहकहरुले डिशहोमको रिचार्जगर्दा १० एमबीपीएस इन्टरनेट सित्तैमा प्रयोग गर्न पाउने भएकाछन् ।

डिशहोम फाईबरनेटले सेवा सुरु गरेसँगै डिशहोम फाईवरनेट उपलब्ध एरियाका डिशहोमका ग्राहकहरुले यस अफरबाट फाईदा लिन सक्नेछन् । डिशहोमकोे रिचार्ज गरी मासिक, त्रैमासिक, अर्धबार्षिक वा बार्षिक रिचार्जमा सोही अवधिको लागि १० एमबीपीएस स्पीडको ईन्टरनेट निःशुल्क प्रयोग गर्न सक्नेछन् ।

डिशहोमका ग्राहकहरुले फ्रि ईन्टरनेट सेवाँंगै आफ्नै मोबाईलमा DishHome GO एपमार्फत ७० भन्दा धेरै डिशहोमका च्यानलहरुका साथै VOD मार्फत नयाँनयाँ मनोरञ्जनात्मक कार्यक्रमहरु हेर्न सक्नेछन् । Dish Home GO WEB मार्फत ग्राहकले आफ्नै डेस्कटप तथा ल्यापटपमा पनि डिशहोमका च्यानलहरुको आनन्द लिन सक्नेछन् । साथै XVOD मा हजारौं घण्टाका मनोरञ्जनात्मक कार्यक्रमहरु विना अतिरिक्त शूल्क आफ्नै समयमा हेरेर मजा लिन सक्नेछन् ।

नेपालमै टि.भि.को रिचार्ज गर्दा ईन्टरनेटलगायत DishHome GO, DishHome GO WEB/XVOD फ्रिमा उपलब्ध गराउने डिशहोम पहिलो कम्पनी बन्न सफल भएको छ ।

डिशहोम फाईबरनेटले हालबजारमा 10mbps, 25mbps र 40mbps का प्याकेजहरु उपलब्ध गराएको छ ।

 

प्रकाशित मिति : १३ चैत्र २०७७, शुक्रबार  ६ : ०० बजे

तिला जलविद्युत्को बिजुली उत्पादन गर्न सात अर्ब लाग्ने

जुम्ला । जुम्लाको तिला गाउँपालिका र कालिकोटको तिलागुफा नगरपालिकाको सिमानामा

निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन

काठमाडौं । निर्वाचन आयोगले आगामी फागुन २१ गतेका लागि तय

कान्ति राजमार्ग मर्मतका लागि आजदेखि बन्द हुने

काठमाडौं । आवश्यक मर्मत सम्भारका लागि आजदेखि दुई महिनासम्म कान्ति