३ भदौ २०८३, बुधबार | August 19, 2026

मधेसी दल र जनतालाई ठूला दहरुले संकटको बेला मात्रै सम्झने गरेको छ : महन्त ठाकुर



काठमाडौं । जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरले प्रधानमन्त्री ओली बाहेक सबै दलका शिर्श नेतालाई मधेस आन्दोलनका बिषयमा लिखित माग गरेपनि मधेसको माग पुरा नभएको बताएका छन् ।

शनिबार बृहत नागरिक आन्दोलन नेपाल प्रज्ञा प्रतिष्ठान कमलादीमा गरेको ‘नागरिकको प्रश्न दलहरुको जवाफ’ विषयक अन्तर्क्रिया कार्यक्रममा बोल्दै अध्यक्ष ठाकुरले प्रधानमन्त्री ओलीले आफ्ना माग सम्बोधन गर्ने बचन दिएको बताए। उनले प्रधानमन्त्रीले मुखले बोलेकै कारण आफुलाई बिश्वास नभएको भन्दै लिखित रुपमा सम्झौता भएपछि मात्रै आफूले विश्वस गर्ने बताए।

उनले ओली सरकारमा भएका कारण आफूहरुले अहिले ओलीसँग वार्ता गरिरहेको भए पनि आफुहरुले ओलीलाई समर्थन नगरेको र प्रचण्डले ओली सरकारलाई समर्थन गरेको बताए। उनले सरकारमा ओली भएका कारण उनीसँग वार्ता हुनु स्वाभाविक भएको ठाकुरले बताए ।

‘ओलीलाई समर्थन तपाईंहरु (प्रचण्ड)ले गर्नुभएको छ, आरोप हामीमाथि ? ’, प्रचण्ड तिर फर्केर ठाकुरले प्रश्न गरे ।

उनले आफूहरुले मधेसी जनताका माग सडकबाट उठाए पनि सुनुवाई नभएको बताए। उनले आन्दोलनको नेतृत्व आफुहरुले गरेको भन्दै मुद्दा आफुहरुलाई पनि लाग्नु पर्नेमा नेताहरुलाई मुद्धा नलगाई सांसद, मेयर र पालिका अध्यक्षहरुलाई मुद्धामा फँसाईएको बताए ।

उनले मधेसी दल र जनतालाई ठूला दहरुले संकटको बेला मात्रै सम्झने गरेको बताए। उनले भने, ‘मुलुकमा संकट आउँदा मात्रै हाम्रो जरुरत पर्छ। अरुबेला हाम्रो खोजी हुँदैन।’

 

प्रकाशित मिति : १४ चैत्र २०७७, शनिबार  ४ : ३८ बजे

मजपोक-नेटा-अर्मन-किमचौर-ताराखोला सडक : स्तोन्नती गर्न पाँच करोड सुनिश्चित

म्याग्दी । यहाँको मंगला गाउँपालिका-५ को पोक-नेटा-अर्मन-किमचौर हुँदै बागलुङको ताराखोला

सप्तधारा संरक्षणसँगै जोगिँदै भोजपुर बजारको ‘ऐतिहासिक पहिचान’

भोजपुर । भोजपुर बजार क्षेत्रको ऐतिहासिक तथा पर्यटकीय महत्व बोकेको

दश वर्षमा पनि बनेन मनाङमा पुल

मनाङ । हिमाली जिल्ला मनाङमा निर्माण सम्झौता भएको १० वर्ष

कर्णाली प्रदेशका मुख्यमन्त्री शाहीले आज विश्वासको मत लिँदै

कर्णाली । कर्णाली प्रदेशसभाको बैठक आज बस्दैछ । बैठकमा मुख्यमन्त्री

राहुपारेको अस्थायी बस्ती र संरचना हटाइयो

म्याग्दी । पहिरो पीडितले बस्ती खाली गरेपछि म्याग्दीको रघुगङ्गा गाउँपालिका-३