२० बैशाख २०८३, आइतबार | May 3, 2026

ग्लोबल आइएमई बैंकको शाखा रोल्पाको दरबोट बजारमा



काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले रोल्पाको दरबोट बजारमा सोमबारदेखि नयाँ शाखारहित बैंकिङ्ग सेवा सञ्चालनमा ल्याएकोछ । रोल्पाका नयाँ शाखा बिस्तार गरेसँगै बैंकको शाखारहित बैंकिङ्ग सेवाहरुको संख्या २५७ पुगेको छ।

शाखारहित बैंकिङ्ग सेवाको उद्घाटन बैंकद्वारा आयोजित एक समारोहबीच रोल्पा नगरपालिकाका मेयर पूर्ण के.सीले गरेका छन् । शाखारहित बैंकिङ्ग सेवाबाट ग्रामिण क्षेत्रका बासिन्दाले स्थानीय प्रतिनिधि मार्फत विभिन्न बैंकिङ्ग सेवा लिनसक्ने छन्। यसबाट निक्षेप खाताखोल्ने, तोकिएको सीमा सम्मको रकम जम्मा गर्ने तथा झिक्ने, आफ्नो खातामा रहेको मौज्दातको जानकारी लिने, कर्जाको व्याज भुक्तानी गर्ने, डिसहोम, सिडिएमए, युटिएल, एनटिसिकोमहसुल भुक्तानी गर्ने, मोबाइल रिचार्ज गर्ने लगायतका सेवा लिन सकिने बैंकले जनाएको छ ।

कृषि, पर्यटन तथा रेमिट्यान्स मुख्य आयस्रोत रहेको रोल्पा जस्ता क्षेत्रका सिन्दाले बैंकिङ्ग सेवा उपभोग गर्नकालागि टाढा–टाढासम्म पुग्नुपर्ने बाध्यतालाई हटाउनको लागि ग्लोबल आइएमई बैंकले त्यस्ता स्थानहरुमा शाखारहित बैंकिङ्ग सेवा शुरु गर्ने गरेको छ ।

ग्लोबल आइएमई बैंकले मुलुक भर तथा मुलुक बाहिर बैंकिङ्ग सेवाको पहुँच पुर्याउने उद्देश्यले ७ वटै प्रदेश तथा ७६जिल्लामा २७३ शाखा, २४२ एटीएम, २५७ शाखारहित बैंकिङ्ग सेवा, ४७ एक्सटेन्सन तथा राजश्व संकलन काउन्टर तथा ३ वटा बैदेशिक प्रतिनिधि कार्यालय समेत गरी ८००भन्दा बढि सेवाकेन्द्रबाट ग्राहकवर्गलाई सेवा प्रदान गरिरहेको छ। ‘सबैकालागि बैंक’ भन्ने नाराका साथ बैंकले २२ लाख भन्दा बढि ग्राहकहरूमाझ सेवा प्रदानगर्दै आएको छ ।

 

प्रकाशित मिति : १६ चैत्र २०७७, सोमबार  १० : १८ बजे

सरकारले उद्योगी-व्यवसायीलाई दुःख दिँदैन : रवि लामिछाने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले उद्योगी–व्यवसायीलाई

सिद्धबाबा मन्दिर विकास समितिको अध्यक्षमा अरविन्द पाण्डेय चयन

बुटवल । सिद्धबाबा मन्दिर विकास समिति तिनाउ-३, दोभान पाल्पाको अध्यक्षमा

सुकुम्बासी बस्ती हटाउने कदमप्रति दयाहाङ राईको असन्तुष्टि

काठमाडौं । सुकुम्बासी बस्ती हटाउने सरकारी कदमप्रति जनआक्रोश बढ्दै गएको

स्थानीय तहमा रास्वपा उम्मेदवार बन्न ‘क्यान्डिडेट क्लब’ र ‘लिडरसिप एकेडेमी’ अनिवार्य

काठमाडौं । सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आगामी स्थानीय तह

सबै कम्युनिस्ट एकताबद्ध भएर क्रान्तिको सपना पूरा गर्छौ : प्रचण्ड

रुकुम पश्चिम । नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक एवं पूर्वप्रधानमन्त्री