२३ बैशाख २०८१, आइतबार | May 5, 2024

नेपाल-खनाल पक्षको स्थायी कमिटी बैठक ११ बजे बस्दै



काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफू पक्षका नेताहरुलाई धमाधम निलम्बन गर्न थालेपछि वरिष्ठ माधवकुमार नेपाल र नेता झलनाथ खनालले आज स्थायी कमिटी सदस्यहरुको बैठक बोलाएका छन । आज बिहान ११ बजेका लागि बैठक बोलाइएको हो ।

आफ्ना पक्षका नेताहरुमाथि एकपछि अर्को गर्दै अध्यक्ष ओलीले कारवाही गर्न थालेपछि आगामी रणनीति बनाउन र छलफल गर्न स्थायी कमिटी बैठक बोलाइएको नेपाल पक्षको भनाइ छ ।

नेपाल-खनाल पक्ष देशव्यापी समानान्तर संरचनामा जाने तयारीमा छ । यो पक्षले अखिल नेपाल महिला संघ (अनेमसंघ), अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन, युवा संघ नेपाललगायतमा समानान्तर कमिटी बनाइ सकेका छन ।

बिहीबार कास्कीको जिल्ला भेलालाई सम्बोधन गर्दै नेता नेपालले अब केन्द्रमा पनि समानान्तर संरचना बनाउने उद्घोष गरेका छन । शुक्रबारको बैठक बसेर थप रणनीति र अभिया शुरु गर्ने नेपाल-खनाल पक्षको योजना छ ।

पार्टी अध्यक्ष ओलीले माधवकुमार नेपाल, भीम रावल, सुरेन्द्र पाण्डे र घनश्याम भुसाललाई ६ महिनाका पार्टी सदस्यताबाटै निलम्बन गरेको छ । उनीहरुले दिएको स्पष्टीकरण चित्तबुझ्दो नभएको भन्दै अध्यक्ष केपी शर्मा ओलीले निलम्बन गरेका हुन ।

एमालेको केन्द्रीय कमिटीको चैत ७ गतेको बैठकको निर्णयअनुसार महासचिव ईश्वर पोखरेलले नेपाल, रावल, पाण्डे र भुसाललाई स्पष्टीकरण सोधेका थिए।

प्रकाशित मिति : २० चैत्र २०७७, शुक्रबार  ८ : १६ बजे

पटकपटक हेर्न नभ्याइनेमा पर्दैआएको सन्दीपको मुद्धा आज ‘हेर्न नमिल्ने’मा

काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेको मुद्दामा आज पनि ुहेर्न नमिल्नेमा

उच्चस्तरीय भ्रमणले घनिष्ट हुँदैछ नेपाल-जापान सम्बन्ध

काठमाडौं । जापानका विदेशमन्त्री कामिकावा योको आज नेपालको औपचारिक भ्रमणमा

सरकार नागरिकको स्वास्थ्यप्रति संवेदनशील छ : प्रधानमन्त्री

काठमाडौं ।प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वर्तमान सरकार नागरिकको स्वास्थ्यप्रति संवेदनशील

घरजग्गा कारोबारमा अझै बढेन ‘कन्फिडेन्स’

काठमाडौं । अर्थतन्त्रका आन्तरिक तथा बाह्य सूचकहरु सकारात्मक देखिएको भए

सन्दीपको मुद्धा न्यायाधीशद्वय निरौला र ढुंगेलको इजलासमा

काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेको मुद्दामा आज पेसी तोकिएको छ