१९ श्रावण २०८३, मंगलबार | August 4, 2026

बागलुङमा माछा मार्न बनाएको बम बिस्फोट हुदा एक जनाको मृत्यु



बागलुङ । बागलुङमा बम विस्फोटमा घाइते एकको मृत्यु भएको छ । बडिगाड गाउँपालिका वडा नम्बर २ सिमलचौरमा माछा मार्नका लागि बम बनाउँदै गर्दा बिस्फोट भएपछि गम्भीर घाईते भएका एक युवकको मृत्यु भएको हो ।

गम्भीर घाईते भएका गुल्मीको मुसिकोट नगरपालिका वडा नम्बर ७ स्थायी घर भई बडिगाड गाउँपालिका वडा नम्बर २ सिमलचौर बस्दै आएका ३१ वर्षीय मित्रबहादुर रानाको उपचारको लागि पाल्पा लैजाँदै गर्दा बटोमै मृत्यु भएको परिवारले जनाएको छ ।

बिस्फोटमा गम्भीर घाइते भएका बडिगाड गाउँपालिका-२ हाडिखोलाका २८ वर्षीय अरुण पुनको लुम्बिनी मेडिकल कलेज प्रवास पाल्पामा उपचार भईरहेको जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ । स्थानीय दुर्गा बहादुर भुजेलको घरमा बम बनाइरहेको समयमा विष्फोट हुँदा उनीहरु घाइते भएका हुन् ।

प्रकाशित मिति : २० चैत्र २०७७, शुक्रबार  ९ : ३३ बजे

बिक्रेतालाई ग्यास सञ्चित गरेर नराख्न आग्रह

गण्डकी । जिल्ला प्रशासन कार्यालय, कास्कीले बजारमा खाना पकाउने ग्यासको

सुदूरपश्चिममा बिहीबारसम्म मौसम बदली र मध्यम वर्षाको सम्भावना

सुदूरपश्चिम । हाल कैलालीको धनगढीलगायत सुदूरपश्चिमका धेरैजसो स्थानमा मनसुनी वर्षा

कान्तिपुर सेभिङ र पशुपति सहकारीका ३४१ जना बचतकर्ताको रकम फिर्ता

काठमाडौं । समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले पछिल्लोपटक कान्तिपुर सेभिङ र

भरतपुरमा भूमिगत विद्युतीकरणअन्तर्गत ११ केभी लाइन ‘चार्ज’ गरिँदै

चितवन । भरतपुरमा भूमिगत विद्युतीकरणको क्षेत्रमा रहेका ११ केभी क्षमताको

गत आर्थिक वर्षमा १०३ गर्भवती तथा सुत्केरीको निःशुल्क हवाई उद्धार

काठमाडौं । राष्ट्रपति महिला उत्थान कार्यक्रमअन्तर्गत सरकारले गत आर्थिक वर्षमा