२४ बैशाख २०८१, सोमबार | May 6, 2024

बागलुङमा माछा मार्न बनाएको बम बिस्फोट हुदा एक जनाको मृत्यु



बागलुङ । बागलुङमा बम विस्फोटमा घाइते एकको मृत्यु भएको छ । बडिगाड गाउँपालिका वडा नम्बर २ सिमलचौरमा माछा मार्नका लागि बम बनाउँदै गर्दा बिस्फोट भएपछि गम्भीर घाईते भएका एक युवकको मृत्यु भएको हो ।

गम्भीर घाईते भएका गुल्मीको मुसिकोट नगरपालिका वडा नम्बर ७ स्थायी घर भई बडिगाड गाउँपालिका वडा नम्बर २ सिमलचौर बस्दै आएका ३१ वर्षीय मित्रबहादुर रानाको उपचारको लागि पाल्पा लैजाँदै गर्दा बटोमै मृत्यु भएको परिवारले जनाएको छ ।

बिस्फोटमा गम्भीर घाइते भएका बडिगाड गाउँपालिका-२ हाडिखोलाका २८ वर्षीय अरुण पुनको लुम्बिनी मेडिकल कलेज प्रवास पाल्पामा उपचार भईरहेको जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ । स्थानीय दुर्गा बहादुर भुजेलको घरमा बम बनाइरहेको समयमा विष्फोट हुँदा उनीहरु घाइते भएका हुन् ।

प्रकाशित मिति : २० चैत्र २०७७, शुक्रबार  ९ : ३३ बजे

आफूहरूको सम्पत्ति सार्वजनिक गरिदिन प्रधानमन्त्री कार्यालयलाई रास्वपाका मन्त्रीहरूको पत्र

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका तर्फबाट सरकारमा रहेका उपप्रधानमन्त्री तथा

बुटवलको कालिकानगरबाट सट्टेबाजी गर्ने १३ जना भारतीय पक्राउ

बुटवल । बुटवलबाट सट्टेबाजी गर्ने १३ जना भारतीय पक्राउ परेका

टी-२० विश्वकपमा आतंकवादी हमलाको धम्की

काठमाडौं । पाकिस्तान-अफगानिस्तानमा सक्रिय आतंकवादी संगठन आइएस खोरासानले टी-२० विश्वकपको

अशोक राई नेतृत्वको नयाँ दल जसपा निर्वाचन आयोगमा दर्ता

काठमाडौं । निर्वाचन आयोगले जनता समाजवादी पार्टीलाई नयाँ दलको मान्यता

भारी वर्षाका कारण भारतको मणिपुरमा विद्यालय बन्द

नयाँ दिल्ली । भारतको उत्तरपूर्वी राज्य मणिपुरमा भारी वर्षा र