१९ श्रावण २०८३, मंगलबार | August 4, 2026

म्यानमारमा भएको सैनिक दमन विरुद्ध यूएन कार्यालय अगाडि प्रदर्शन



काठमाडौं । म्यानमारमा भएको सैनिक दमनको विरुद्धमा ललितपुरको पुल्चोकस्थित संयुक्त राष्ट्रसंघको भवन अगाडि प्रदर्शन भएको छ ।

प्रजातान्त्रिक विचार समाज नेपाल, मानव अधिकार सङ्गठन र न्यायका लागि मानवअधिकार सञ्जालले शुक्रबार विहान संयुक्त रुपमा विरोध प्रदर्शन गरेका हुन् । म्यानमारमा भएको नरसंहारको विरुद्धमा उत्रिएका मानवअधिकारकर्मीहरुले भारत र चीनले समेत दमनको मौन समर्थन दिएको भन्दै विरोध जनाएका छन् ।

प्रजातान्त्रिक विचार समाज नेपालका वरिष्ठ उपाध्यक्ष कुलचन्द्र वाग्लेले म्यानमारमा भएको नरसंहारको विरुद्धमा छिमेकी राष्ट्रहरु नै चुप लागेर बसेको भन्दै आपत्ति जनाए ।

मानवअधिकारकर्मीहरुले ‘म्यानमारमा सैनिक दमन बन्द गर’, ‘म्यानमारमा मानवअधिकार उलङ्घन बन्द गर’, ‘म्यानमारमा सैन्य शासनद्धारा गरिएको नरसंहारको घोर भत्र्सना गर्दछौं’, ‘म्यानमारमा प्रजातन्त्र र नागरिक शासन बहाली गर’, ‘शासकलाई अन्तर्राष्ट्रिय अदालतमा हाजिर गर’ लगायतका नारा लेखिएको व्यानर र प्लेकार्ड बोकेर प्रदर्शन गरेका थिए ।

प्रकाशित मिति : २० चैत्र २०७७, शुक्रबार  १२ : ४३ बजे

आज आकस्मिक बाढीको मध्यम जोखिम

काठमाडौं । जल तथा मौसम विज्ञान विभागले आज देशका ३०

अर्थमन्त्री वाग्लेले आज २० वाणिज्य बैंकका सिइओसँग छलफल गर्ने

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आज २० वाणिज्य बैंकका

पोडवे यातायातले खोल्न सक्छ नयाँ सम्भावनाको ढोका

काठमाडौं । काठमाडौं उपत्यकामा बिहान कार्यालय समय सुरु हुनुअघि नै

बिक्रेतालाई ग्यास सञ्चित गरेर नराख्न आग्रह

गण्डकी । जिल्ला प्रशासन कार्यालय, कास्कीले बजारमा खाना पकाउने ग्यासको

सुदूरपश्चिममा बिहीबारसम्म मौसम बदली र मध्यम वर्षाको सम्भावना

सुदूरपश्चिम । हाल कैलालीको धनगढीलगायत सुदूरपश्चिमका धेरैजसो स्थानमा मनसुनी वर्षा