७ आश्विन २०८३, बुधबार | September 23, 2026

बाँकेमा थपिए एकै दिन ४४ नयाँ कोरोना संक्रमित, १ जनाको मृत्यु



नेपालगन्ज । बाँकेमा एकै दिन ४४ जना कारोना संक्रमित थपिएका छन् । शनिबार बाँकेका बिभिन्न पीसीआर परक्षिण ल्यावहरुबाट आएको रिपोर्टमा बाँकेमा ४४ जनामा कारोना संक्रमण पुष्टि भएको छ । कोरोना संक्रमणकै कारण बाँकेमा आज एक जनाको ज्यान समेत गएको छ । भेरी अस्पताल नेपालगन्जमा उपचाररत दैलेखको दुल्लु नगरपालिका ७ की ७३ वर्षिय महिलाको उपचारका क्रममा मृत्यु भएको हो ।

बाँकेका बिभिन्न आइसोलेसनहरुमा ८० जना संक्रमितहरु उपचाररत रहेका छन् जसमध्य २५ जनालाई गम्भिर प्रकृतिको संक्रमण रहेको डीसीसीएमसीका कोरोना फोकल पर्शन तेज वलीले बताएका छन् ।

३ हजार ५३२ जनाको नमुना परीक्षण गर्दा ३३७ जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या २ लाख ७९ हजार ७२५ पुगेको छ । जसमध्ये गत २४ घण्टामा १५१ सहित २ लाख ७३ हजार ८८६ जना निको भएका छन् । यस्तै आज बाँकेमा ज्या गुमाएकी महिलासहित कोरोना संक्रमणबाट हालसम्म ३ हजार ३९ जनाको मृत्यु भएको छ ।

प्रकाशित मिति : २८ चैत्र २०७७, शनिबार  ९ : ५० बजे

कान्ति राजमार्ग र भैँसे-भीमफेदी-कुलेखानी सडकमा राति सवारी सञ्चालन रोक

हेटौँडा । भारी वर्षाका कारण बाढी तथा पहिरोको जोखिम बढ्न

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि बुटवलमा हुने

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि

३६ दशमलव २५ अङ्कले घट्यो नेप्से परिसूचक

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज

प्रधानमन्त्री बालेन्द्रको आग्रह – तीन दिन भारी वर्षाको सम्भावना छ सर्तक बन्नुहोला

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले असोज ९ गते शुक्रबारदेखि ११

नागरिक लगानी कोषको लगानीलाई पारदर्शी र प्रतिफलमुखी बनाउँछौं : अर्थमन्त्री वाग्ले

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नागरिक लगानी कोषको लगानीलाई