१३ बैशाख २०८१, बिहिबार | April 26, 2024

सिरहाका एक व्यवसायीको गोली हानी हत्या : एक जना पक्राउ, घटनास्थलमा कुकुर परिचालन



सिरहा । सिरहामा एक व्यवसायीको गएराति गोली हानेर हत्या भएको छ ।

लहान नगरपालिका-२३ का सुनचाँदी व्यवसायी प्रदीपकुमार विश्वकर्माको लुटेरा समूहले गोली तथा धारिलो हतियार प्रहार गरी हत्या गरेको हो ।

लहान नगरपालिका-२३ गड्डाचोक डेरा गरी बस्ने अन्दाजी ४५ वर्षीय प्रदीपकुमार विश्वकर्माको लुटेरा समूहको आक्रमणमा परी मृत्यु भएको प्रहरीले जनाएको छ ।

मृतककी श्रीमती ३५ वर्षीया अनिता विश्वकर्मालाई पनि लुटेरा समूहले खुकुरी प्रहार गरेका थिए । उनको हाल लहानस्थित सप्तऋषि अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय सिरहाका एसपी सुदीपराज भण्डारीले बताए ।

‘उनको हातमा धारिलो हतियार प्रहार भएको छ । उनी अहिले उपचारको क्रममा छिन् । उपचार पछि उनीसँग पनि अनुसन्धान गर्छौं ।’ एसपी भण्डारीले भने ।

घटनामा संलग्न भएको आशंकामा एक जनालाई पक्राउ गरेको पनि उनले बताए । उनले भने ‘एक जनालाई नियन्त्रणमा लिएका छौं । आवस्यक अनुसन्धान गरिरहेका छौं । पक्राउ पर्नेमा लहान नगरपालिका ७ का नारायण चौधरी रहेका छन् ​।’

घटनाको अनुसन्धान गर्न कुकुर परिचालन गरिएको पनि उनले बताए । प्रहरीका अनुसार घटना राति साढे १२ बजेतिरको हो । घरमा सुतिरहेको बेला समूहमा आएका लुटेराले बिक दम्पतीमाथि आक्रमण गरेको थिए । लुटेरा समूहको प्रतिकारका क्रममा बिकको मृत्यु भएको र श्रीमती घाइते भएको बताइएको छ ।

प्रकाशित मिति : २९ चैत्र २०७७, आइतबार  ९ : ०५ बजे

टोपबहादुर रायमाझीलाई धरौटीमा छोड्न सर्वोच्च अदालतबाट अस्वीकार

काठमाडौं । सर्वोच्च अदालतले एमालेका नेता टोपबहादुर रायमाझीलाई धरौटीमा छोड्न

बजारमा निम्न गुणस्तरको वाईवाई चाउचाउ, चौधरी ग्रुपलाई २ लाख जरिवाना

काठमाडौं । काठमाडौँ महानगरपालिकाले चौधरी ग्रुपलाई २ लाख रुपैयाँ जरिवाना

पूर्वमन्त्री आलमलाई जन्मकैदको सजाय

काठमाडौं । पूर्वमन्त्री मोहम्मद अफताब आलमलाई जन्मकैदको सजाय भएको छ

एएचजेड यूके युनिभर्सिटी रिप्रेजेन्टेटिभको नयाँ शाखा बुटवलमा सञ्चालन

बुटवल । अध्ययनका लागि बेलायत जाने विद्यार्थीहरुलाई लक्षित गरि बुटवलमा

भीम रावलले गरे एमाले छोड्ने संकेत !

काठमाडौं । नेकपा एमालेका नेता एवं पूर्व उपप्रधानमन्त्री डा. भीम