३ आश्विन २०८३, शनिबार | September 20, 2026

सिरहाका एक व्यवसायीको गोली हानी हत्या : एक जना पक्राउ, घटनास्थलमा कुकुर परिचालन



सिरहा । सिरहामा एक व्यवसायीको गएराति गोली हानेर हत्या भएको छ ।

लहान नगरपालिका-२३ का सुनचाँदी व्यवसायी प्रदीपकुमार विश्वकर्माको लुटेरा समूहले गोली तथा धारिलो हतियार प्रहार गरी हत्या गरेको हो ।

लहान नगरपालिका-२३ गड्डाचोक डेरा गरी बस्ने अन्दाजी ४५ वर्षीय प्रदीपकुमार विश्वकर्माको लुटेरा समूहको आक्रमणमा परी मृत्यु भएको प्रहरीले जनाएको छ ।

मृतककी श्रीमती ३५ वर्षीया अनिता विश्वकर्मालाई पनि लुटेरा समूहले खुकुरी प्रहार गरेका थिए । उनको हाल लहानस्थित सप्तऋषि अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय सिरहाका एसपी सुदीपराज भण्डारीले बताए ।

‘उनको हातमा धारिलो हतियार प्रहार भएको छ । उनी अहिले उपचारको क्रममा छिन् । उपचार पछि उनीसँग पनि अनुसन्धान गर्छौं ।’ एसपी भण्डारीले भने ।

घटनामा संलग्न भएको आशंकामा एक जनालाई पक्राउ गरेको पनि उनले बताए । उनले भने ‘एक जनालाई नियन्त्रणमा लिएका छौं । आवस्यक अनुसन्धान गरिरहेका छौं । पक्राउ पर्नेमा लहान नगरपालिका ७ का नारायण चौधरी रहेका छन् ​।’

घटनाको अनुसन्धान गर्न कुकुर परिचालन गरिएको पनि उनले बताए । प्रहरीका अनुसार घटना राति साढे १२ बजेतिरको हो । घरमा सुतिरहेको बेला समूहमा आएका लुटेराले बिक दम्पतीमाथि आक्रमण गरेको थिए । लुटेरा समूहको प्रतिकारका क्रममा बिकको मृत्यु भएको र श्रीमती घाइते भएको बताइएको छ ।

प्रकाशित मिति : २९ चैत्र २०७७, आइतबार  ९ : ०५ बजे

अर्थमन्त्री डा वाग्ले स्वदेश फिर्ता

काठमाडौँ । अर्थमन्त्री डा स्वर्णिम वाग्ले तीनदिने भारत भ्रमण सम्पन्न

कार्यदल मै नरहेका प्रदीप ज्ञवालीले लेखे पुनर्गठनसम्बन्धी कार्यदलको तेस्रो प्रतिवेदन (पूर्णपाठ)

काठमाडौं । नेकपा (एमाले) को पार्टी पुनर्गठनसम्बन्धी एजेण्डामा तेस्रो प्रतिवेदन

कांग्रेसको १५औँ महाधिवेशन : ४३ जिल्लाका ३३९६ वडामा वडा अधिवेशन सम्पन्न

काठमाडौँ । नेपाली कांग्रेसले आगामी असोज १६ देखि १९ गतेसम्म

सिमरा होटलमा विवादपछि चक्कु प्रहार, ३५ वर्षीय युवकको मृत्यु

बारा । बाराको जीतपुरसिमरा उपमहानगरपालिका–२ सिमरास्थित एक होटलमा चक्कु प्रहारबाट

खजुरा क्यान्सर अस्पतालमा बिग्रेको लिन्याक मेसिन ६ महिनापछि सञ्चालनमा

नेपालगन्ज । बाँकेको खजुरास्थित सुशील कोइराला प्रखर क्यान्सर अस्पतालमा करिब