७ आश्विन २०८३, बुधबार | September 23, 2026

कांग्रेस केन्द्रीय समिति बैठक वैशाख ५ गते बस्ने



काठमाडौ । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आगामी वैशाख ५ गते बस्ने भएको छ । आजका लागि निर्धारित बैठक पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेलका माइला भाइ एवं कांग्रेसका अग्रज व्यक्तित्व गोविन्दराज पौडेलको निधनका कारण स्थगन गरिएको थियो ।

चैत ३० गते बस्ने भनिएको बैठक आगामी वैशाख ५ गते दिउँसो २ बजे तय भएको कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए । चितवनको रत्ननगरमा आज ७५ वर्षको उमेरमा पौडेलको निधन भएको हो ।

कांग्रेस सभापति सभापति शेरबहादुर देउवाले आज शोक विज्ञप्तिमार्फत पौडेलको निधनप्रति दुःख व्यक्त गर्दै भावपूर्ण श्रद्धाञ्जलि अर्पण र शोकाकुल परिवारजनमा पार्टी र आफ्नो व्यक्तिगत तर्फबाट समवेदना व्यक्त गरेका थिए ।

सभापति देउवाले आजै कांग्रेस ज्येष्ठ राजनीतिज्ञ सभाका सदस्य गणेश ढकालको निधनप्रति पनि दुःख व्यक्त गर्नुभएको छ । ढकालको पाँचथरको रविमास्थित निजी निवासमा ७५ वर्षको उमेरमा निधन भएको हो । स्व ढकालले नेपालको लोकतान्त्रिक आन्दोलनहरुमा सक्रिय भूमिका निर्वाह गरेका थिए ।

प्रकाशित मिति : ३० चैत्र २०७७, सोमबार  ९ : ०५ बजे

कान्ति राजमार्ग र भैँसे-भीमफेदी-कुलेखानी सडकमा राति सवारी सञ्चालन रोक

हेटौँडा । भारी वर्षाका कारण बाढी तथा पहिरोको जोखिम बढ्न

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि बुटवलमा हुने

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि

३६ दशमलव २५ अङ्कले घट्यो नेप्से परिसूचक

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज

प्रधानमन्त्री बालेन्द्रको आग्रह – तीन दिन भारी वर्षाको सम्भावना छ सर्तक बन्नुहोला

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले असोज ९ गते शुक्रबारदेखि ११

नागरिक लगानी कोषको लगानीलाई पारदर्शी र प्रतिफलमुखी बनाउँछौं : अर्थमन्त्री वाग्ले

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नागरिक लगानी कोषको लगानीलाई