१ पुस २०८२, मंगलबार | December 16, 2025

कांग्रेस केन्द्रीय समिति बैठक वैशाख ५ गते बस्ने



काठमाडौ । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आगामी वैशाख ५ गते बस्ने भएको छ । आजका लागि निर्धारित बैठक पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेलका माइला भाइ एवं कांग्रेसका अग्रज व्यक्तित्व गोविन्दराज पौडेलको निधनका कारण स्थगन गरिएको थियो ।

चैत ३० गते बस्ने भनिएको बैठक आगामी वैशाख ५ गते दिउँसो २ बजे तय भएको कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए । चितवनको रत्ननगरमा आज ७५ वर्षको उमेरमा पौडेलको निधन भएको हो ।

कांग्रेस सभापति सभापति शेरबहादुर देउवाले आज शोक विज्ञप्तिमार्फत पौडेलको निधनप्रति दुःख व्यक्त गर्दै भावपूर्ण श्रद्धाञ्जलि अर्पण र शोकाकुल परिवारजनमा पार्टी र आफ्नो व्यक्तिगत तर्फबाट समवेदना व्यक्त गरेका थिए ।

सभापति देउवाले आजै कांग्रेस ज्येष्ठ राजनीतिज्ञ सभाका सदस्य गणेश ढकालको निधनप्रति पनि दुःख व्यक्त गर्नुभएको छ । ढकालको पाँचथरको रविमास्थित निजी निवासमा ७५ वर्षको उमेरमा निधन भएको हो । स्व ढकालले नेपालको लोकतान्त्रिक आन्दोलनहरुमा सक्रिय भूमिका निर्वाह गरेका थिए ।

प्रकाशित मिति : ३० चैत्र २०७७, सोमबार  ९ : ०५ बजे

रुंदै बाहिरिएको भनिएका प्रदीप ज्ञवालीले मागे ओली प्यानलका लागि मत

काठमाडौँ । महासचिव पदमा अध्यक्ष केपी ओलीले टिममा समावेश नगरेपछि

सिँचाइका २२ रुग्ण ठेक्का तोडियो, ठेक्का सम्झौता रकम १४ अर्ब २३ करोड

काठमाडौं । । ठेक्का सम्झौता गर्ने तर काम नगरेर वर्षोंदेखि

रुद्रकली र खगेन्द्रप्रसाद भैरहवा पुगे : भोलि कतार उड्दै

चितवन । नेपाल सरकारले कतार सरकारलाई उपहारस्वरुप पठाउन लागेका दुईवटा

यसरी हुँदै छ विद्युतीय मेसिनमार्फत एमाले महाधिवेशनमा भोटिङ

काठमाडौं । नेकपा (एमाले) को ११ औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत आज