५ जेष्ठ २०८१, शनिबार | May 18, 2024

गुल्मीको ठूलो लुम्पेकमा भीरबाट टेम्पो खस्यो, १ जनाको मृत्यु, ४ घाईते



बुटवल । गुल्मीबाट स्वर्गद्वारी दर्शनका लागि गएका राष्ट्रसेवक कर्मचारीहरुको सवारी दुर्घटनामा मृत्यु भएको खबर सेलाउन नपाउँदै गुल्मीकै सत्यवतीमा टेम्पो दुर्घटना हुँदा एक जना सर्वसाधारणको मृत्यु भएको छ ।

नयाँवर्षको अवसर पारेर स्थानीय सत्यवती मन्दिर दर्शन गरेर फर्कने क्रममा ठूलो लुम्पेकका भिरबाट टेम्पो खस्दा १ जनाको मृत्यु भएको छ भने ४ जना गम्भिर घाईते भएका छन् । ठुलोलुम्पेकमा लु २ स ००९९ नम्बरको टेम्पो दुर्घटना हुँदा स्थानीय २८ बर्षिया तारा राहदीको ज्यान गएको हाृ ।

दुर्घटनामा परी एक बच्चासहित चारजना गम्भिर घाइते भएका छन् । घाइतेको अवस्था गम्भिर भएकोले पहिचान खुल्न सकेको छैन।

बुधबार करिब १ः४५ बजे क्वाङखोलामा टेम्पो दुर्घटनामा परेको हो । टेम्पो भिरबाट खस्न थालेपछि चालक टेम्पो छाडेर फरार भएको प्रत्यक्षदर्शीले बताएका छन् ।

प्रकाशित मिति : १ बैशाख २०७८, बुधबार  ५ : २३ बजे

चलचित्र पत्रकार संघ नेपाल, रुपन्देहीले २ ओटा पुरस्कार वितरण गर्दै

बुटवल । चलचित्र पत्रकार संघ नेपाल, शाखा रुपन्देहीले यही जेठ

चार एसएसपीलाई डिआइजीमा बढुवा सिफारिस

काठमाडौं । नेपाल प्रहरीका चार प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी)लाई प्रहरी

निर्मला थापाको ‘इन्द्रकमल’ सार्वजनिक

काठमाडौं । गायिका निर्मला थापा मगरको मौलिक लोक दोहरी गीत

बागमतीमा विषयगत समितिको सभापति चयन गरिँदै

बागमती । बागमती प्रदेशसभाअन्तर्गत विषयगत समितिका सभापतिको नाम आज चयन

जिल्ला अस्पताल मुगुमा सिटामोल पनि छैन, जनता मारमा

मुगु । जिल्ला अस्पताल मुगुमा सामान्य औषधिको समेत अभाव हुन