२६ बैशाख २०८१, बुधबार | May 8, 2024

प्रधानमन्त्रीले बोलाएको सर्वदलीय बैठकमा माओवादी केन्द्र सहभागी नहुने, श्रेष्ठ भन्छन् – बैठकबारे खबर छैन



काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले बोलाएको सर्वदलीय बैठकबारे माओवादी केन्द्रलाई थाहा नभएको सो पार्टीको नेताहरुले जनाएका छन् ।

नबोलाइएको बैठकमा जाने प्रश्नै नआउने उनीहरुले जनाएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले आज बिहान ११ बजे बालुवाटारमा सर्वदलीय बैठक बोलाएका छन् ।

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई शुक्रबार प्रधानमन्त्री ओलीले फोन गरेर भेट्न प्रस्ताव गरे पनि सर्वदलीय बैठकबारे जानकारी नगराएको नेताहरुले बताएका छन् । प्रचण्डलाई ओलीले शेरबहादुर देउवासहित छलफल गरौं भन्ने प्रस्ताव राखे पनि सर्वदलीय बैठकबारे भने कुनै जानकारी नआएको उनको सचिवालयले जनाएको छ ।

माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले आफुहरुलाई कुनै खबर नगरिएका कारण बैठकमा जाने भन्ने विषय नरहने बताएका छन् ।

प्रधानमन्त्री कार्यालयले भने प्रचण्डलाई बैठकबारे जानकारी गराइएको दाबी गरेको छ ।

प्रकाशित मिति : ४ बैशाख २०७८, शनिबार  १० : ३७ बजे

China’s Xi welcomed with ‘respect and love’ in Serbia

Serbia’s President Aleksandar Vucic reaffirmed his strong support for China’s

कार्यकर्तालाई इमान्दार बन्न एमाले अध्यक्ष ओलीको आग्रह

कपिलवस्तु । नेकपा (एमाले)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले

चल सम्पत्ति धिताे राखेर पनि ऋण पाइने ऐन बन्दै

काठमाडौं । सुरक्षित कारोबार पहिलो संशोधन विधेयक–२०८० सम्बन्धी विधेयक राष्ट्रिय

पितापुर्खाको सीप पछ्याउँदै मह सिकार

गण्डकी । पराङ, सुथरी, दाबिलो, साज, जाबो, डालीलगायत सामग्री जोरजाम