२७ कार्तिक २०८१, मंगलबार | November 12, 2024

नगरपालिकामा तालाबन्दी नखुल्दा सेवाग्राही मारमा



सिरहा । व्यापक अनियमिमता भएको जनाउँदै वडाध्यक्ष तथा कार्यपालिका सदस्यले सिरहाको कल्याणपुर नगरपालिकामा विगत ५ दिनदेखि गरेको तालाबन्दी अझै नखुल्दा सेवाग्राही मारमा परेका छन् ।

लामो समयदेखि नगरपालिकामा गरिएको तालाबन्दीका कारण सेवाग्राही मात्र नभई नगर क्षेत्रभित्रकै सम्पूर्ण कामकाज ठप्प हुँदा स्थानीय चिन्तित बनेका हुन् ।

तालाबन्दीका कारण नगरपालिकाबाट सञ्चालित योजनाको काम प्रभावित हुनुका साथै काम विशेषले आउने सेवाग्राही रित्तै फर्किन बाध्य भएका छन् ।

नगरपालिकाका कार्यवाहक नगर प्रमुख र प्रमुख प्रशासकीय अधिकृतको मिलेमतोमा व्यापक अनियमिता भएको भन्दै वडाध्यक्ष तथा कार्यपालिका सदस्यले गत चैत ३१ गते नगरपालिकामा तालाबन्दी गरेका थिए ।

नगर सभाले पारित गरेको योजना समेत कार्यपालिका बैठक विनै आफ्नै मनोमानी तरिकाले परिवर्तन गरी कार्यबाहक नगर प्रमुख रोहिणीकुमारी यादव र प्रमुख प्रशासकीय अधिकृत जयप्रसाद दासको मिलेमतोमा व्यापक अनियमितता भएकाले तालाबन्दी गरिएको वडाध्यक्षले बताए ।

कल्याणपुर नगरपालिकाका ९ जना वडाध्यक्ष तथा ८ जना कार्यपालिका सदस्यले सामूहिकरूपमा ११ सूत्रीय माग अघि सार्दै नगरपालिकामा तालाबन्दी गरेको वडा नम्बर ५ का वडाध्यक्ष दीपेन्द्र यादवले जानकारी दिए ।

चालू आर्थिक वर्षमा हालसम्म सामाजिक सुरक्षा, बालपोषण लगायतका भुक्तानी गर्न नसकेकाले आफूहरूलाई स्थानीयले पटक–पटक वडा कार्यालयमा गई विभिन्न किसिमको आरोप लगाइने गरेको र आफूहरूलाई वडा कार्यालय सञ्चालन गर्न समेत कठिनाइ भइरहकाले बाध्य भएर तालाबन्दी गर्नुपरेको कल्याणपुर नगरपालिका-१ का अध्यक्ष जयराम कामतीले बताए ।

कार्यबाहक नगर प्रमुख यादव र प्रमुख प्रशासकीय अधिकृत दासको मिलोमतोमा कार्यपालिकालाई जानकारी नदिई विभिन्न योजना कमिसनको खेलमा नजिकका आफन्तलाई जिम्मा दिई आफूखुशी सञ्चालन गरेको वडा नम्बर ५ का वडाध्यक्ष दीपेन्द्र यादवले आरोप लगाए । रासस

प्रकाशित मिति : ४ बैशाख २०७८, शनिबार  १२ : ४२ बजे

वैकुण्ठधाम आध्यात्मिक महोत्सवमा भक्तहरुको भरिभराउ : सयौं श्रद्धालुले गरे शिलालेखमा आफ्नो नाम दर्ज

नेपालगन्ज । प्रस्तावित वैकुण्ठधाम सिधनियाघाट निर्माणको सहयोगार्थ नेपालगन्जमा जारी वैकुण्ठधाम

उपनिर्वाचनका लागि सकारात्मक वातावरण बनाउन निर्वाचन आयोगको आग्रह

काठमाडौँ । निर्वाचन आयोगले आगामी मङ्सिर १६ गते हुने स्थानीय

नेप्से ओरालो लाग्दा सात अर्ब ८५ करोडको कारोबार

काठमाडौँ । अघिल्ला दिनका तुलनामा धितोपत्र बजारमा शेयर कारोबार मापक

कतार एयरवेजद्वारा गौतमबुद्ध विमानस्थलबाट सेवा सुरु

काठमाडौँ । कतार एयरवेजले भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट आजदेखि व्यावसायिक

दीपक मनाङे डिल्लीबजार कारागार चलान

काठमाडौँ । ज्यान मार्ने उद्योग कसुरमा पक्राउ परेका गण्डकीका पूर्वमन्त्री