१० फाल्गुन २०८२, आइतबार | February 22, 2026

संक्रमण लहरो पारिबाट वारि, ९९ प्रतिशत संक्रमित घरमै



लहान । आइतबार प्रदेश २ का चारवटा प्रयोगशालामा गरिएको १२१ वटा नमुना परीक्षणमा ५४ जनामा कोरोना पोजेटिभ पुष्टि भएको छ ।

नारायणी अस्पताल वीरगन्ज प्रयोगशालामा गरिएका ९० नमुना परीक्षणमा ४५ जना पोजेटिभ, गौर अस्पताल रौतहटमा गरिएका ४ वटा नमुना परीक्षणमा ३ पोजेटिभ, प्रादेशिक प्रयोगशाला जनकपुरमा गरिएका ३ एन्टिजेन परीक्षणमा २ पोजेटिभ र २० वटा आरटी पिसिआर नमुना परीक्षणमा ४ पोजेटिभ, जिल्ला अस्पताल सिरहा प्रयोगशालामा गरिएको ४ वटा नमुना परीक्षणमा सबै नेगेटिभ आएको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

शनिबार १२७ वटा नमुना परीक्षणमा ६९ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । शुक्रबार यस प्रदेशमा ११३ वटा नमुना परीक्षण गर्दा ४९ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । बिहीबार १९ वटा नमुना परीक्षण गर्दा १२ जनामा संक्रमण देखिएको थियो । कोरोनाको दोस्रो लहर सुरु भएयता परीक्षण गरिएका नमुनामध्ये आधामा संक्रमण भेटिनुले प्रदेश २ मा संक्रमणले भयावह रूप लिन थालिसकेको स्वास्थ्य निर्देशनालयका निर्देशक विजयकुमार झाले बताए ।

चैत १ सम्म प्रदेश २ मा सक्रिय संक्रमितको संख्या ११ थियो। पर्सामा ५, बारामा ४ र रौतहटमा २ जना संक्रमित होम आइसोलेसनमा थिए । सिरहा, सप्तरी, धनुषा, महोत्तरी र सर्लाही जिल्लामा संक्रमण शून्यमा झरेको थियो । कोरोनाको दोस्रो लहर सुुरु भएयता प्रदेश २ मा ३९६ संक्रमित थपिएका छन । अहिले संक्रिय संक्रमितको संख्या ४०७ पुगेको छ ।

संक्रमित संख्या बढ्दै गए पनि यो प्रदेशमा उपचारका लागि अस्पताल छैन । कुल संक्रमितको ९९ प्रतिशत निजी चिकित्सकको सल्लाहमा घरमा बस्न बाध्य छन । प्रदेश २ मा नारायाणी अस्पताल वीरगन्जमा मात्र आइसोलेसन सञ्चालित छ, जसमा ७ जना संक्रमित भर्ना भएका छन ।

दोस्रो लहरमा संक्रमित भई यस अस्पतालको आइसोलेसनमा उपचारका लागि भर्ना भएकामध्ये ५ जनाको मृत्यु भइसकेको छ । योसँगै प्रदेश २ मा मृतकको संख्या २१४ पुगेको छ ।

परीक्षणको दायरामा आएकामध्ये ५० प्रतिशतमा संक्रमण पुष्टि भइरहेको छ । संक्रमण तीव्र हुदा बिरामीको पहिचान, परीक्षण र उपचार अवस्था नाजुक छ । सीमा नाकाबाट बेरोकटोक आउजाउ चलिरहेको छ ।

स्वास्थ्य निर्देशनालयका निर्देशक झाले भने, ‘सीमाबाट सघन आउजाउले संक्रमणको जोखिम बढाइरहेको छ । स्वास्थ्य सुरक्षा मापदण्ड पालनामा पनि लापरबाही बढ्दो छ ।’ उक्त समाचार आजको नागरिक दैनिकमा छापिएको छ ।

प्रकाशित मिति : ६ बैशाख २०७८, सोमबार  ७ : ४९ बजे

रास्वपाले घण्टी बजाउँदै चुनाव प्रचार गर्न नपाउने

काठमाडौं । निर्वाचन आयोगले प्रतिनिधिसभा निर्वाचनको प्रचारप्रसारका क्रममा राजनीतिक दल

कीर्तिपुरका पूर्वमेयर र वडाअध्यक्ष एमाले परित्याग गरी नेकपामा प्रवेश

काठमाडौं। नेपाल कम्युनिष्ट पार्टी (एमाले) परित्याग गरी कीर्तिपूर नगरपालिकाका पूर्वमेयर

कुलमान घिसिङको दाबी : जनताले अवसर दिए एक वर्षमै देखिने परिवर्तन गर्छौँ

बुटवल । उज्यालो नेपाल पार्टी (उनेपा) का अध्यक्ष कुलमान घिसिङले

कालिकापथलाई व्यवस्थित र आकर्षक व्यापारिक केन्द्रका रूपमा विकास गर्छु : चुन्नप्रसाद पौडेल

बुटवल । रूपन्देही निर्वाचन क्षेत्र नं. २ मा नेपाली काङ्ग्रेसका

विश्वदीपसंग तिलोत्तमावासीले भने- छाडा चौपाया व्यवस्थापनमा पहल होस्

बुटवल । तिलोत्तमा नगरपालिकावासी मतदाताले रुपन्देही क्षेत्र नं-२ का उम्मेदवार