२ असार २०८३, मंगलबार | June 16, 2026

लुम्बिनी प्रदेश सरकार विरुद्ध अविश्वासको प्रस्ताव दर्ता (पत्रसहित)



बुटवल । लुम्बिनी प्रदेश सरकार विरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएको छ ।

मुख्यमन्त्री शंकर पोखरेल सरकार विरुद्ध नेकपा माओवादी केन्द्र, नेपाली कांग्रेस र जनता समाजवादी पार्टीका सांसदहरुले सोमबार दिउँसो १ बजेर १५ मिनेटमा प्रदेशसभा सचिवालयमा अविश्वासको प्रस्ताव दर्ता गरेका हुन् ।

अविश्वास प्रस्ताव दर्तागरेसँगै नेकपा माओवादी केन्द्र पोखरेल सरकारबाट बाहिरिएको छ भने उसले सरकारलाई दिएको समर्थन समेत स्वतः फिर्ता भएको छ ।

अविश्वास प्रस्ताव दर्ता गर्दा नयाँ मुख्यमन्त्रीमा माओवादी केन्द्रका कुलप्रसाद केसीलाई प्रस्तावित गरिएको छ । केसी अहिलेको पोखरेल सरकारमा आन्तरिक मामिला मन्त्री रहेका छन् ।

४२ जना सांसदको हस्ताक्षरसहित प्रदेशसभामा अविश्वासको प्रस्ताव दर्ता गरिएको र संसदको विशेष अधिवेशन आह्वानका लागि समेत प्रदेश प्रुमुखलाई पत्र बुझाइएको नेकपा माओवादी केन्द्रका सांसद आईपी खरेलले खबरकुरालाई बताए ।

लुम्बिनी प्रदेशसभा ८७ सदस्यीय रहेको छ । जसमध्ये माओवादी केन्द्रका दुई सांसदले दल त्याग गरेपछि उनहरुको सांसद पद गुमेको छ । नयाँ सरकार गठन गर्न अब ४३ जना सांसद आवश्यक पर्दछ ।

प्रदेशसभामा सबैभन्दा ठूलो दल नेकपा एमालेका ४१ जना सांसद रहेका छन् । नेपाली कांग्रेसका १९ र माओवादी केन्द्रका १७ जना संसद छन् । यस्तै जनता समाजवादी पार्टीका ६ र राष्ट्रिय जनमोर्चाका एक सांसद रहेका छन् ।

 

 

 

 

प्रकाशित मिति : ६ बैशाख २०७८, सोमबार  १ : २५ बजे

मुग्लिन-मलेखु सडकमा कालोपत्रको तयारी

चितवन । पृथ्वी राजमार्गअन्तर्गत मुग्लिङ-मलेखु सडकखण्डमा कालोपत्रको तयारी गरिएको छ

राहदानी विभागका महानिर्देशक अर्याल अख्तियारको नियन्त्रणमा

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राहदानी विभागका महानिर्देशक तीर्थराज

सशस्त्रले रोकेको ‘बिवाइडी’ विद्युतीय सवारी साधन फुकुवा

मुस्ताङ । मुस्ताङमा दुई सातादेखि सशस्त्र प्रहरीले नियन्त्रणमा लिइएका बिवाइडी

प्रधानमन्त्रीको सीमासम्बन्धी अभिव्यक्तिप्रति संसदमा आज पनि विपक्षी दलको विरोध

काठमाडौं । प्रधानमन्त्रीले गत जेठ १७ गते प्रतिनिधिसभा बैठकमा दिएको

नेपालगन्ज भन्सार : राजस्व सङ्कलनमा वृद्धि

नेपालगन्ज । भारतबाट नेपाल भित्रिने सामानमा अनिवार्य भन्सार शुल्क लगाएपछि