५ पुस २०८२, शनिबार | December 20, 2025

लुम्बिनी प्रदेश सरकार विरुद्ध अविश्वासको प्रस्ताव दर्ता (पत्रसहित)



बुटवल । लुम्बिनी प्रदेश सरकार विरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएको छ ।

मुख्यमन्त्री शंकर पोखरेल सरकार विरुद्ध नेकपा माओवादी केन्द्र, नेपाली कांग्रेस र जनता समाजवादी पार्टीका सांसदहरुले सोमबार दिउँसो १ बजेर १५ मिनेटमा प्रदेशसभा सचिवालयमा अविश्वासको प्रस्ताव दर्ता गरेका हुन् ।

अविश्वास प्रस्ताव दर्तागरेसँगै नेकपा माओवादी केन्द्र पोखरेल सरकारबाट बाहिरिएको छ भने उसले सरकारलाई दिएको समर्थन समेत स्वतः फिर्ता भएको छ ।

अविश्वास प्रस्ताव दर्ता गर्दा नयाँ मुख्यमन्त्रीमा माओवादी केन्द्रका कुलप्रसाद केसीलाई प्रस्तावित गरिएको छ । केसी अहिलेको पोखरेल सरकारमा आन्तरिक मामिला मन्त्री रहेका छन् ।

४२ जना सांसदको हस्ताक्षरसहित प्रदेशसभामा अविश्वासको प्रस्ताव दर्ता गरिएको र संसदको विशेष अधिवेशन आह्वानका लागि समेत प्रदेश प्रुमुखलाई पत्र बुझाइएको नेकपा माओवादी केन्द्रका सांसद आईपी खरेलले खबरकुरालाई बताए ।

लुम्बिनी प्रदेशसभा ८७ सदस्यीय रहेको छ । जसमध्ये माओवादी केन्द्रका दुई सांसदले दल त्याग गरेपछि उनहरुको सांसद पद गुमेको छ । नयाँ सरकार गठन गर्न अब ४३ जना सांसद आवश्यक पर्दछ ।

प्रदेशसभामा सबैभन्दा ठूलो दल नेकपा एमालेका ४१ जना सांसद रहेका छन् । नेपाली कांग्रेसका १९ र माओवादी केन्द्रका १७ जना संसद छन् । यस्तै जनता समाजवादी पार्टीका ६ र राष्ट्रिय जनमोर्चाका एक सांसद रहेका छन् ।

 

 

 

 

प्रकाशित मिति : ६ बैशाख २०७८, सोमबार  १ : २५ बजे

सप्तगण्डकी बहुउद्देश्यीय आयोजना अगाडि बढाउनुपर्ने कुलमानको धारणा

काठमाडौं । ऊर्जामन्त्री कुलमान घिसिङले नारायणी नदीबाट तल्लो तटीय क्षेत्रमा

प्रचण्ड भन्छन् – ‘कम्तीमा एक लाख अट्ने खुला मञ्च नहुनु देशकै लज्जा हो’

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले

मधेस प्रदेशसभा : सभामुख पदका लागि नाम दर्ता

धनुषा । मधेस प्रदेशसभाको सभामुख पदका लागि जनता समाजवादी पार्टी

‘जेनजी’ कसैको पेवा हैन, त्यसको नाममा हुने स्टन्ट नगरे हुन्छ : प्रचण्ड

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले

केपीलाई ईश्वरको प्रष्ट सन्देशः ‘विभाजन स्वीकार्य छैन, आत्मसमर्पण पनि हुँदैन’

काठमाडौं । नेकपा (एमाले)का नेता ईश्वर पोखरेलले पार्टीभित्र विभाजन अस्वीकार्य