१८ श्रावण २०८३, सोमबार | August 3, 2026

रुपन्देहीमा कोरोनाको ग्राफ हरेक दिन उकालो लाग्दै, २४ घण्टाकाबीच ६ जनाको मृत्यु



बुटवल । कोरोना संक्रमणको दोस्रो लहर अन्तर्गत रुपन्देही लुम्बिनी प्रदेशको दोस्रो स्थानमा रहेको छ । प्रदेशको बाँके जिल्लामा हरेक दिन कोरोना संक्रमितको संख्या र मृत्युको दर बढेर गईरहँदा रुपन्देहीले पनि बाँकेलाई पछ्याईरहेको छ । रुपन्देहीमा पछिल्लो २४ घण्टामा ७९ जनामा कोरोना संत्रमण पुष्टि भएको छ । स्वास्थ्य कार्यालय रुपन्देहीले दिएको जानकारी अनुसार जिल्लामा सबैभन्दा बढी बुटवल उपमहानगरमा ३४ जना र तिलोत्तमा नगरपालिकामा २१ जना नयाँ कोरोना संक्रमित थपिएका छन् ।

रुपन्देहीमा पछिल्लो २४ घण्टामा ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ । भैरहवा स्थित युसिएमस कोभिड अस्पताल युनिटमा ४ जना र लुम्बिनी प्रादेशिक अस्पताल अन्तर्गतको कोरोना विशेष अस्पतालमा २ उपचारत संक्रमितको मृत्यु भएको हो ।

मृत्यु हुनेमा २ महिला र एक पुरुष रुपन्देही जिल्लाको र ३ जना जिल्ला बाहिरका रहेको स्वास्थ्य कार्यालयले जनाएको छ ।

अस्पतालका अनुसार मृत्यु हुनेमा बुटवल उपमहानगर ८ की ६५ वर्षीय महिला र बुटवल १३ की ७९ वर्षिय महिलाको मृत्यु भएको छ । त्यसैगरि रानीगंज मोतिपुर रुपन्देहीका ३८ वर्षिय पुरुषको पनि मृत्यु भएको छ ।

उता जिल्ल बाहिरको मृत्यु हुनेमा महरागंज ९ कपिलवस्तुका ५२ वर्षिय पुरुष, झिमरुक प्युठानका ५८ वर्षिय पुरुष र स्वर्गद्वारी प्युठानका ४८ वर्षिय पुरुष रहेका छन् ।

 

प्रकाशित मिति : ६ बैशाख २०७८, सोमबार  १० : २० बजे

पच्चिस वर्षपछि ‘राष्ट्रिय यातायात नीति’ लागू

काठमाडौँ । सरकारले करिब २५ वर्षपछि राष्ट्रिय यातायात नीति संशोधन

मधेस केन्द्रित दलको नेतृत्वमा ‘अग्रगामी मोर्चा’ घोषणा हुँदै, जनार्दन शर्मापनि सहभागी हुने

काठमाडौं । मुलुकलाई अग्रगामी निकास दिन भन्दै काठमाडौँमा ‘अग्रगामी मोर्चा’

पक्राउ परेको २४ घण्टा नपुग्दै छुटे दुर्गा प्रसाईं

भक्तपुर । मेडिकल व्यवसायी दुर्गा प्रसाईँ पक्राउ परेको २४ घण्टा

कांग्रेसद्वारा तराई-मधेशमा भएका घटनाको न्यायिक समिति गठन गर्न माग

काठमाडौं । नेपाली कांग्रेस संसदीय दलले सुनसरी, सिरहा, धनुषा र

दश प्रतिशत निःशुल्क स्वास्थ्य सेवा कार्यान्वयनमा मन्त्रालयको जोड

काठमाडौं । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले १० प्रतिशत निःशुल्क