६ जेष्ठ २०८१, आइतबार | May 20, 2024

रुपन्देहीमा कोरोनाको ग्राफ हरेक दिन उकालो लाग्दै, २४ घण्टाकाबीच ६ जनाको मृत्यु



बुटवल । कोरोना संक्रमणको दोस्रो लहर अन्तर्गत रुपन्देही लुम्बिनी प्रदेशको दोस्रो स्थानमा रहेको छ । प्रदेशको बाँके जिल्लामा हरेक दिन कोरोना संक्रमितको संख्या र मृत्युको दर बढेर गईरहँदा रुपन्देहीले पनि बाँकेलाई पछ्याईरहेको छ । रुपन्देहीमा पछिल्लो २४ घण्टामा ७९ जनामा कोरोना संत्रमण पुष्टि भएको छ । स्वास्थ्य कार्यालय रुपन्देहीले दिएको जानकारी अनुसार जिल्लामा सबैभन्दा बढी बुटवल उपमहानगरमा ३४ जना र तिलोत्तमा नगरपालिकामा २१ जना नयाँ कोरोना संक्रमित थपिएका छन् ।

रुपन्देहीमा पछिल्लो २४ घण्टामा ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ । भैरहवा स्थित युसिएमस कोभिड अस्पताल युनिटमा ४ जना र लुम्बिनी प्रादेशिक अस्पताल अन्तर्गतको कोरोना विशेष अस्पतालमा २ उपचारत संक्रमितको मृत्यु भएको हो ।

मृत्यु हुनेमा २ महिला र एक पुरुष रुपन्देही जिल्लाको र ३ जना जिल्ला बाहिरका रहेको स्वास्थ्य कार्यालयले जनाएको छ ।

अस्पतालका अनुसार मृत्यु हुनेमा बुटवल उपमहानगर ८ की ६५ वर्षीय महिला र बुटवल १३ की ७९ वर्षिय महिलाको मृत्यु भएको छ । त्यसैगरि रानीगंज मोतिपुर रुपन्देहीका ३८ वर्षिय पुरुषको पनि मृत्यु भएको छ ।

उता जिल्ल बाहिरको मृत्यु हुनेमा महरागंज ९ कपिलवस्तुका ५२ वर्षिय पुरुष, झिमरुक प्युठानका ५८ वर्षिय पुरुष र स्वर्गद्वारी प्युठानका ४८ वर्षिय पुरुष रहेका छन् ।

 

प्रकाशित मिति : ६ बैशाख २०७८, सोमबार  १० : २० बजे

बिआरआई कार्यान्वयन योजना अन्तिम चरणमा

काठमाडौं । छिमेकी चीनले अघि सारेको बेल्ट एन्ड रोड इनिसिटिभ

एमाले बाँके नवौं अधिवेशन : मतदान जारी

नेपालगन्ज । नेकपा एमाले बाँकेको नवौं जिल्ला अधिवेशन अन्तर्गत ३

कांग्रेस संसदीय दलको बैठक भोलि सोमबार बिहान बस्ने

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको संसदीय दलको बैठक

संसदीय छानबिन समिति गठन नभएसम्म कांग्रेसले प्रधानमन्त्रीले विश्वासको मत लिने बैठक चल्न नदिने

काठमाडौं । कांग्रेस महामन्त्री गगनकुमार थापाले नेपाली कांग्रेसले संसदीय छानबिन

गोर्खा मिडियाको सहकारीबाट ऋण लिने प्रक्रियामा म संलग्न छैन- गृहमन्त्री लामिछाने

काठमाडौं । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले कांग्रेसको गनगनले मात्र