१३ चैत्र २०८२, शुक्रबार | March 27, 2026

एकाबिहानै थपियो बाँकेमा कोरोना संक्रमितको मृत्युको संख्या



नेपालगन्ज । बाँकेमा कोरोना संक्रमितको मृत्युको संख्या थपिएको छ । सोमबार दिउँसो मृत्यु भएका एकजनामा सोमबार राती अवेर कोरोना पुष्टि भएको छ भने अर्का एकजना संक्रमण पुष्टि भएपछि अस्पताल लैजाँदै गर्दा बाटोमा मृत्यु भएको छ ।

कोहलपुर, २ बर्दहवाकी ३५ वर्षीया महिला र कोहलपुर २ कै ७७ वर्षीय कोरोना संक्रमित पुरुषको मृत्यु भएको बाँकेका कोरोना फोकल पर्सन तेज ओलीले जानकारी दिए ।

ओलीका अनुसार दिउँसो ३ बजे नेपालगञ्ज मेडिकल कलेज शिक्षण कोहलपुरमा उपचारकै क्रममा मृत्यु भएकी ३५ वर्षीया महिलाको सोमबार राती अवेर मात्र पीसीआर रिपोर्ट पोजिटिभ आएको थियो ।

स्वास्थ्यमा समस्या आएपछि उनी सोमबार बिहान मात्र अस्पतालमा उपचारका लागि भर्ना भएकी थिइन् ।

यस्तै सोमबार बिहान स्वास्थ्यमा सामान्य समस्या आएपछि जँचाउन आएका कोहलपुर २ का ७७ वर्षीय पुरुषको स्वाव संकलन गरेर घर पठाईएकोमा सांझ पीसीआर पोजिेटिभ आएसँगै पुनः अस्पताल ल्याउने क्रममा अस्पता नपुग्दै मृत्यु भएको थियो । संक्रमित पुरुषको मृत्यु भएको छ ।

कोरोना संक्रतिमको मृत्युको यो संख्या थपिएसँगै बाँकेमा कोरोना संक्रमण मृत्यु हुनेको संख्या बाँकेमा ६३ जना पुगेको छ ।

प्रकाशित मिति : ७ बैशाख २०७८, मंगलबार  ८ : ५८ बजे

राजस्व अनुसन्धान विभागसहित १५ ऐन खारेज गर्ने अर्थमन्त्री वाग्लेको निर्णय

काठमाडौं । नवनियुक्त अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले पदभार ग्रहण गरेसँगै

को हुन् नवनियुक्त भौतिक पूर्वाधारमन्त्री सुनील लम्साल ?

बुटवल । रुपन्देही क्षेत्र नं १ बाट गत फागुन २१

स्वर्णिम वाग्ले अर्थमन्त्री भएपछि तनहुँमा खुसी

तनहुँ । तनहुँ क्षेत्र नं १ बाट दोस्रो कार्यकालका लागि

‘शक्तिशाली’ सुधनलाई बालेन्द्र मन्त्रिपरिषद्‌मा तेस्रो वरीयता

काठमाडौं । नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वको मन्त्रिपरिषद्‌मा सुदन गुरुङले

प्रधानमन्त्रीको शपथ समारोहमा ओली र देउवा अनुपस्थित

काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाहको शपथ ग्रहण समारोहमा लोकतन्त्री स्थापनापछिका