१ पुस २०८२, मंगलबार | December 16, 2025

बाँकेका २ ल्यावमा २७६ स्वाव परीक्षण गर्दा २३५ जनामा कोरोना संक्रमण पुष्टि



नेपालगन्ज । बाँकेमा पछिल्लो २४ घण्टामा २ वटा पीसीआर ल्यावको रिपोर्टमा २३५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । भेरी अस्पतालको पीसीआर ल्याव र बागेश्वरी डाईग्नोशिस केन्द्रको रिपोर्टमा २३५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

भेरी अस्पतालको ल्याबमा मङ्गलबार बेलुकासम्म भएको नमुना परीक्षण अनुसार १९३ जनाको परीक्षण गर्दा १७९ जनामा कोरोना पोजेटिभ पाइएकोछ भने बागेश्वरी डाईग्नोशिस केन्द्रमा ८५ जनाको स्वाव परीक्षण गर्दा ५६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

नेपालगन्ज मेडिकल कलेजको पीसीआर ल्यावको रिपोर्ट भने आन बाँकी रहेको जनाईएको छ ।

जिल्लामा कोरोना संक्रमण र संक्रमणका कारण मृत्युको दर पनि बढेपछि जिल्ला कोभिड १९ संकट ब्यवस्थापन केन्द्रले ९ गतेबाट ७ दिनका लागि बाँके जिल्लामा लकडाउन गर्ने निर्णय गरेको छ । कोरोनाको दोस्रो लहर सुरु भएपछि बाँकेबाटै लकडाउन हुने अवस्था देखिएको हो ।

प्रकाशित मिति : ७ बैशाख २०७८, मंगलबार  ६ : २५ बजे

रुंदै बाहिरिएको भनिएका प्रदीप ज्ञवालीले मागे ओली प्यानलका लागि मत

काठमाडौँ । महासचिव पदमा अध्यक्ष केपी ओलीले टिममा समावेश नगरेपछि

सिँचाइका २२ रुग्ण ठेक्का तोडियो, ठेक्का सम्झौता रकम १४ अर्ब २३ करोड

काठमाडौं । । ठेक्का सम्झौता गर्ने तर काम नगरेर वर्षोंदेखि

रुद्रकली र खगेन्द्रप्रसाद भैरहवा पुगे : भोलि कतार उड्दै

चितवन । नेपाल सरकारले कतार सरकारलाई उपहारस्वरुप पठाउन लागेका दुईवटा

यसरी हुँदै छ विद्युतीय मेसिनमार्फत एमाले महाधिवेशनमा भोटिङ

काठमाडौं । नेकपा (एमाले) को ११ औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत आज