७ बैशाख २०८१, शुक्रबार | April 20, 2024

देशभर थपिए २३५१ कोरोना संक्रमित, काठमाडौं उपत्यकामा मात्रै १०५१ लाई संक्रमण पुष्टि



काठमाडौं । बुधबार कोरोना भाइरसका संक्रमितको संख्या २ हजार नाघेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा दिइएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा देशभर २३५१ जना कोरोना संक्रमित थपिएका हुन् ।

कुल संक्रमितमध्ये काठमाडौं उपत्यकामा मात्रै १०५१ जना संक्रमित थपिएको मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिए ।

डा गौतमका अनुसार ८ हजार ८४४ जनामा पीसीआर विधिबाट गरिएको परीक्षमा २ हजार २२० जनालाई संक्रमण पुष्टि भएको हो । यस्तै ८०३ जनाले एन्टिजेन विधिबाट परीक्षण गर्दा १३१ जनामा संक्रमण पुष्टि भएको हो । काठमाडौंमा ७८६, भक्तपुरमा ८४ र ललितपुरमा १८१ जनामा संक्रमण देखिएको छ ।

संक्रमितको संख्या दिनदिनै बढ्दै जाँदा सक्रिय संक्रमितको संख्या पनि निरन्तर बढिरहेको छ । जसका कारण विभिन्न अस्पतालहरुलाई प्रेसर बढ्दै गएको छ । पछिल्लो २४ घण्टासम्म १० हजार ५८२ जना सक्रिय संक्रमित पुगेका छन् ।

गत सोमबारदेखि आजसम्म २३ हजार ९०० जनाले कोरोना परीक्षण गराएका थिए । तीन दिनमै ५ हजार ११४ जनामा संक्रमण पुष्टि भएको छ ।

प्रकाशित मिति : ८ बैशाख २०७८, बुधबार  ४ : ४५ बजे

कार्यकक्षमा नभेटिने कर्मचारीलाई कारवाही गर्ने स्वास्थ्य मन्त्रालयको चेतावनी

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कार्यालय समयमा आफ्नो कार्यकक्षमा

इलाममा करेन्ट लागेर एक जनाको मृत्यु

इलाम । इलाममा करेन्ट लागेर एक जनाको मृत्यू भएको छ

धरौटी बुझाउन नसकेपछि दिपेश पुन जेल चलान

बुटवल । सुप्रिम सहकारी ठगी प्रकरणमा पक्राउ परेका दिपेश पुन

काठमाडौं महानगरमा ३३ जनाको निःशुल्क उपचार, कसरी लिने सेवा ?

काठमाडौं । २ जना वेवारिसे र ३१ जना विपन्न गरी

अंग्रेज हराएको खुशीयालीमा बुटवलमा मनाइयो जितगढी विजय उत्सव (फोटो फिचरसहित)

बुटवल । नेपाल-अंग्रेज (इष्ट इण्डिया कम्पनी) सँगको युद्धमा जित हासिल