८ चैत्र २०८२, आइतबार | March 22, 2026

नेपाल पक्षलाई ओलीको चेतावनी : गल्ती स्वीकार गर अवसर दिन्छौं, गुटगत गतिविधि गर्न छुट छैन



काठमाडौं । प्रधानन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीमा कसैसँग पनि गुटगत हिसाबले छलफल हुने स्पष्ट पारेका छन् ।

बल्खुमा एमाले केन्द्रीय कार्यालय भवनको शिलन्यास गर्दै अध्यक्ष ओलीले आफुले पार्टीलाई क्षति नहोस भनेर नेताहरुलाई व्यक्तिगत रुपमा सम्झाई-बुझाई गर्नेमा केन्द्रित रहेको दाबी गर्दै गुटगत हिसाबले कसैसँग छलफल गर्ने बताएका हुन् ।

ओलीले भने, ‘व्यक्तिगत तवरमा कुराकानी गर्न सकिन्छ। तर समूहगत रूपमा कुनै गुटको प्रतिनिधित्व गर्नेसँग कुरा गर्न सकिँदैन,’ उनले भने, ‘अब पार्टीमा गुट चल्दैन। दुवैतर्फ बराबर मानिस भएर डोरी तान्न सकिँदैन। बरू डोरी चुँडिएला कोही कतै जाँदैन।’

 

यो पनि पढ्नुहोस : सम्वादहीनता तोड्दै ओली-नेपाल भेटवार्ता, भेटवार्ताका विषयमा प्रतिक्रिया दिन दुवै नेताद्वारा अस्वीकार

 

अध्यक्ष ओलीले गल्ती महशुस गरेर आएमा अहिले कारवाहीमा पर्न लागेका नेताहरुलाई समेत अवसर दिइने बताए । तर उनले आफ्नो संवादको प्रयासलाई कमजोरी नठान्न माधव नेपाल पक्षलाई चेतावनी समेत दिए ।

अध्यक्ष ओलीले पार्टीमा समानान्तार गतिविधि गर्नेहरुलाई अझै पनि सम्झाईबुझाई गरिरहेको बताए । उनले भने, ‘हामी सम्झाइबुझाइ गरिरहेका छौं। सम्झाउने र सच्याउने प्रयास छ। हामीले पार्टीमा क्षति नहोस् भनेर कसैलाई पनि कारवाही गरेको छैन,’ ओलीले भने, ‘तर अनुशासनहीनता र अराजकतासँग हामी सम्झौता गर्दैनौं।’

प्रकाशित मिति : ९ बैशाख २०७८, बिहिबार  १० : ४० बजे

मिथिलाञ्चलमा आजदेखि चैती छठ सुरु

महोत्तरी । महोत्तरीसहित मिथिलाञ्चल क्षेत्रमा आजदेखि विधिवत रुपमा चैती छठ

होर्मुज जलमार्ग विवाद चर्किँदै : ट्रम्पको इरानलाई ४८ घण्टे चेतावनी, क्षेत्रीय तनाव बढ्दो

वाशिङ्टन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानलाई ४८ घण्टाभित्र होर्मुज

नेपालगन्ज भन्सार : लक्ष्यअुनसार राजस्व सङ्कलन हुनसकेन

बाँके । नेपालगन्ज भन्सार कार्यालयले चालु आर्थिक वर्ष (आव)को आठ

राष्ट्रपतिद्वारा पानीको समान पहुँच सुनिश्चित गर्न आह्वान

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले पानीको संरक्षण, दिगो उपयोग तथा

आजको मौसम : कोशी र लुम्बिनीमा मेघगर्जनसहित हल्का वर्षा र हिमपातको सम्भावना

काठमाडौं । हाल देशमा पश्चिमी न्यूनचापीय प्रणाली साथै स्थानीय वायुको