१३ चैत्र २०८२, शुक्रबार | March 27, 2026

बाँकेमा थपिए २७० नयाँ संक्रमित, एक जनाको मृत्यु



नेपालगन्ज । बाँकेमा बुधवार राती अवेर सम्ममा फेरि २७० नयाँ कोरोना संक्रमित थपिएका छन् । बुधबार भेरी अस्पतालमा भएको परीक्षणको रिपोर्ट बिहिबार बिहान सार्वजानिक भएसँगै बाँकेमा २७० नयाँ संक्रमित थपिएका हुन् ।

बुधबार साँझ नेपालगन्ज मेडिकल कलेजको ल्यावबाट ६६ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो भने भेरी अस्पतालको ल्यावमा २०४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । मेडिकल कलेजमा १३४ जनाको स्वाव परीक्षण गर्दा ६६ जनामा र भेरी अस्पतालमा ३५० स्वाव परीक्षण गर्दा २०४ जनामा कोरोना पुष्टि भएको थियो ।

बाँकेमा आजै थप एक जना कोरोना संक्रमितको मृत्यु भएको छ । नेपालगंज उपमहानगरपालिका(१७ बाँके निवासी ८६ वर्षीया संक्रमित महिलाको नेपालगंज मेडिकल कलेज, कोहलपुरमा उपचारका क्रममा आज बिहान २ बजेर १५ मिनेटमा मृत्यु भएको बाँकेका कोरोना फोकल पर्सन तेज वलीले जानकारी दिएका छन् ।

आज मृत्यु भएसँगै बाँकेमा संक्रमणकै कारण मृत्यु हुनेको संख्या ६७ पुगेको छ ।

प्रकाशित मिति : ९ बैशाख २०७८, बिहिबार  ११ : १४ बजे

पदभारलगत्तै प्रधानमन्त्री शाहद्वारा मन्त्री र सचिवहरुलाई निर्देशन

काठमाडौं । नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाहले सिंहदबारस्थित पदभार ग्रहणलगत्तै मन्त्री

दोलखाको लाप्चा क्षेत्रमा मुस्ताङ एयरको हेलिकोप्टर सम्पर्कविहीन

काठमाडौं । काठमाडौंबाट दोलखाको लाप्चातर्फ उडेको मुस्ताङ एयरको हेलिकोप्टर सम्पर्कविहीन

सरकारका निर्णय कार्यान्वयन गर्दिन भन्ने छुट कसैलाई छैन : गृहमन्त्री गुरुङ

काठमाडौँ । नवनियुक्त गृहमन्त्री सुधन गुरुङले सेवा प्रवाहलाई सहज बनाउँदै

प्रधानमन्त्री बालेन्द्रलाई पाकिस्तानी प्रधानमन्त्री शहबाज शरीफको बधाई

काठमाडौं । नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाहलाई पाकिस्तानका प्रधानमन्त्री शहवाज शरीफले

प्रधानमन्त्री बालेन्द्रलाई भारतीय समकक्षी नरेन्द्रले दिए बधाई

काठमाडौं । नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाहलाई भारतीय समकक्षी नरेन्द्र मोदीले