८ बैशाख २०८१, शनिबार | April 20, 2024

रोकिएन बाँकेमा संक्रमित थपिने क्रमः आजपनि थपिए ३८८ नयाँ कोरोना संक्रमित



नेपालगन्ज । झण्डै एकसाताबाट थपिन थालेको कोरोनो संक्रमणको रफ्तारले बाँकेमा आज पनि निरन्तरता पाएको छ । बाँकेमा रहेका तीनवटा प्रयोगशाला र जमुनाह नाकामा रहेको एउटा हेल्थ डेस्कमा कुल ४८२ जनाको कोरोना परीक्षण गर्दा ३८८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

नेपालगन्जको भेरी अस्पतालको प्रयोगशालामा पीसीआर ल्यावमा २७६ जनाको नमुनामध्ये २४८ जना, मेडिकल कलेज कोहलपुरको ल्यावमा गरिएका १०७ जनाको नमुनामा ७३ जना, बागेश्वरी डाइग्नोशिस केन्द्रमा परिक्षण गरिएका ७४ जनाको नमुनामा ५९ जना तथा जमुनाह नाकामा रहेको हेल्थ डेस्कमा २५ जनाको एन्टिजिन बिधिबाट परिक्षण गर्दा ८ जनामा कोरोना संक्रमण पुष्टि भएको बाँकेका कोरोना फोकलपर्शन तेज ओलीले जानकारी दिएका छन् ।

फोकलपर्शन ओलीका अनुसार संक्रमितहरु अधिकांस बाँके जिल्ला भित्रका र केही बाहिरी जिल्लाका समेत रहेका छन । बाँकेमा आजै २ जना महिलाको कोरोना संक्रमणबाट मृत्यु समेत भएको थियो ।

हरेकदिन ठूलो संख्यामा कोरोना संक्रमिण थपिँदै गएपछि स्थानीय प्रशासानले आजै बाट ७ दिनका लागि जिल्लाको नेपालगन्ज उपमहानगरपालिका क्षेत्रमा लकडाउनको घोषणा गरेको छ ।

प्रकाशित मिति : ९ बैशाख २०७८, बिहिबार  ८ : ४१ बजे

पर्यटकको रोजाइमा घोडेपानी, एक वर्षमा ३१ हजारले गरे भ्रमण

म्याग्दी । विसं २०८० मा ३१ हजारभन्दा बढी विदेशी पर्यटकले

६८ लाखको लागतमा प्रशासनिक भवन निर्माण

टीकापुर । टीकापुर नगरपालिका वडा नं. ७ को प्रशासनिक भवन

सिंगापुरमा एभरेष्ट मसला माथी प्रतिबन्ध, किटनाशक औषधी हालिएको खुलासा

सिंगापुर । एभरेष्ट किचन किंग मसलाको नाम त तपाईले सुन्नु

पेरिसस्थित इरानको दूतावासमा विस्फोटको धम्की दिने पक्राउ

पेरिस । फ्रान्सेली प्रहरीले पेरिसस्थित इरानको दूतावासमा बम विस्फोट गराउने

आँबुखैरेनी अस्पताललाई डायलाइसिस मेसिन प्रदान

तनहुँ । आँबुखैरेनी गाउँपालिकाद्वारा सञ्चालित आँबुखैरेनी अस्पताललाई दुई थान डायलाइसिस