१८ श्रावण २०८३, सोमबार | August 3, 2026

दोस्रो चरणको कोरोना महामारीमा रुपन्देहीमा ‘रेकर्ड ब्रेक’, एकैदिन थपिए २२७ संक्रमित



बुटवल । लुम्बिनी प्रदेशमा कोरोना संक्रमणको अगुवाई गरिरहेको बाँकेलाई पछ्याउँदै रुपन्देहीले आज कोरोना संक्रमित थप्ने कार्यमा नयाँ ब्रेक गरेको छ । पछिल्लो २४ घण्टामा रुपन्देहीमा २२७ जना नयाँ कोरोना संक्रमित थपिएका छन् ।

स्वास्थ्य कार्यालय बाँकेले दिएको जानकारी अनुसार रुपन्देहीमा ९९ महिला र १२८ पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ । रुपन्देहीको बुटवल उपमहानगरमा मात्र ११५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने तिलोत्तमा नगरपालिकामा ४३ जना, सिद्धार्थनगरमा ४० जना कोरोना संक्रमित थपिएका छन् ।

रुपन्देहीमा अहिले सम्ममा कोरोना संक्रमणका कारण १६५ जनाको मृत्यु भएको छ भने रुपन्देहीमा अहिलपनि ८११ जनाले होम आईशोलेसन, स्थानीय तहको आइशोलेसन तथा कोरोना बिशेष अस्पतालमा उपचार गराईरहेका छन् । संक्रमित थपिएसँगै रुपन्देहीको कोरोना बिशेष अस्पताल र भिम अस्पतालका सबै बेडहरु भरिभराउ भएको स्वास्थ्य कार्यालयले जनाएको छ ।

रुपन्देहीमा रहेको २२ वटा आईसीयू सबै भरिएको स्वास्थ्य कार्यालयका कोरोना फोकलपर्शन केदार साहले जानकारी दिए । साहका अनुसार भिम अस्पतालको ९ र कोरोना बिशेष अस्पतालको १३ वटा आईसीयू बेड सबै भरिएका छन् । लुम्बिनी प्रादेशिक अस्पतालमा आएका गम्भिर प्रकृतिका संक्रमितलाई फिभर क्लिनीकमा सेवा दिईएको अस्पतालका प्रवक्ता डा. बिष्णु गौतमले बताए ।

प्रकाशित मिति : १० बैशाख २०७८, शुक्रबार  ४ : ३२ बजे

मधेस केन्द्रित दलको नेतृत्वमा ‘अग्रगामी मोर्चा’ घोषणा हुँदै, जनार्दन शर्मापनि सहभागी हुने

काठमाडौं । मुलुकलाई अग्रगामी निकास दिन भन्दै काठमाडौँमा ‘अग्रगामी मोर्चा’

पक्राउ परेको २४ घण्टा नपुग्दै छुटे दुर्गा प्रसाईं

भक्तपुर । मेडिकल व्यवसायी दुर्गा प्रसाईँ पक्राउ परेको २४ घण्टा

कांग्रेसद्वारा तराई-मधेशमा भएका घटनाको न्यायिक समिति गठन गर्न माग

काठमाडौं । नेपाली कांग्रेस संसदीय दलले सुनसरी, सिरहा, धनुषा र

दश प्रतिशत निःशुल्क स्वास्थ्य सेवा कार्यान्वयनमा मन्त्रालयको जोड

काठमाडौं । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले १० प्रतिशत निःशुल्क

सिंहदरबारमा कांग्रेस संसदीय दलको बैठक

काठमाडौं । नेपाली कांग्रेस संसदीय दलको बैठक बसेको छ ।