३ पुस २०८२, बिहिबार | December 19, 2025

कोरोना महामारीको त्रास : बन्द भए रुपन्देहीका सबै हाटबजार



बुटवल । कोरोना भाइरसको दोस्रो चरणले महामारीको रुप लिन थालेपछि रुपन्देहीमा रुपन्देहीमा नियमित रुपमा लाग्दै आएका हाट बजारहरु बन्दा गरिएका छन् ।

जिल्ला प्रशासन कार्यालय रुपन्देहीले अर्को आदेश नभएसम्मका लागि सबै हाटबजारहरु बन्द गर्न निर्देशन दिएको छ । जिल्ला प्रशासनले शनिबार एक सूचना प्रकाशित गर्दै हाट बजारहरु बन्द गराएको हो ।

बुटवल ६ मा रहेको पुरानो हाटबजार शनिवार बिहानदेखि प्रहरी परिचालन गरी हाट बजार बन्दा गराइएको छ । बिहान बजारमा समान लिएर गएका व्यवसायीहरु आ–आफ्नो सामान लिएर फिर्ता गएका छन् ।

यता दैनिक उपभोग्य बस्तु , तरकारी को हाट बजारमा व्यवसाय गर्दै आएका व्यवसायीहरुले भने आफुहरुले भौतिक दुरी कायम गरेर तरकारी बिक्रि गर्न पाउनुपर्ने माग गरेका छन् ।

च्याउ उत्पादक किसान संघ रुपन्देहीका ऋषव पोखरेलले किसान उत्पादन गरेको बस्तुको उत्पादन सहज रुपमा बिक्रि गर्न पाउनुपर्ने बताए । उनले खासगरी किसान उत्पादित बस्तु खेरा जान नदिनको लागि हाट बजारमा व्यवस्थित रुपमा सामाजिक दुरी कायम गरेर वस्तु बिक्रि गर्न पाउनुपर्ने बताए । यसको लागि च्याउ लगायत तरकारी उत्पादक किसान संघ तथा महासंघहरु सकारात्मक रहेको उनको भनाई रहेको छ ।

रुपन्देहीमा शनिबारदेखि लाग्दै आएका सबै हाट बजारहरु बन्द भएपछि हाट बजार व्यवसायी संघ रुपन्देहीले बुटवल उपमहानगरपालिका लगायतका स्थानीय तहमा डेलिगेसन जाने र सहज रुपमा किसानको उत्पादन विक्रि गर्ने बताउवरण मिलाउन आग्रह गर्ने भएको छ । जसको लागि आईतबार समय तय गरिएको हाट बजार व्यवसायी संघ रुपन्देहीका अध्यक्ष टेकबहादुर जिसीले जानकारी दिए ।

प्रकाशित मिति : ११ बैशाख २०७८, शनिबार  ४ : १५ बजे

कालिका कप २०८२ : भलिवल र कबड्डीमा नकआउट चरणका खेल सकिए

बुटवल । कालिका मानवज्ञान माविको ६५ औ बार्षिक उत्सवको अवसरमा

जेनजी आन्दोलनमा सुन्धारा कारागारबाट भागेका दुई कैदी पक्राउ

काठमाडौँ । नेपाल प्रहरीले जेनजी आन्दोलनका क्रममा सुन्धारा कारागारबाट भागेका

एमालेको ११औँ महाधिवेशनबाट २४ बुँदे प्रस्ताव पारित

काठमाडौँ । नेकपा (एमाले) को ११औँ राष्ट्रिय महाधिवेशनले समसामयिक विषयमा

तदर्थ समिति गठन गर्ने सहमति पछि वरिष्ठ अधिवक्ता गुप्ताले तोड आमरण अनशन

नेपालगन्ज । अदालतको आदेश कार्यान्वयन नगरिएको भन्दै कार्यान्वयनको माग राखेर

निर्वाचनको विकल्प खोज्नु अर्को दुर्घटना निम्त्याउनु हो : अर्थमन्त्री रामेश्वर खनाल

बुटवल । अर्थमन्त्री रामेश्वर खनालले अहिलेको संकट समाधान गर्न निर्वाचनको