१६ चैत्र २०८२, सोमबार | March 30, 2026

सीसीएमसीको सिफारिस : भोलिदेखि हुने सबै परीक्षा स्थगित, सीमानाकाबाट विदेशीलाई प्रवेशमा रोक



काठमाडौं । कोभिड१९ संकट व्यवस्थापन केन्द्र सीसीएमसीले सोमबारदेखि सबै शिक्षण संस्थाअन्तर्गतका परीक्षा रोक्न सिफारिस गरेको छ ।

आइतबार बसेको सीसीएमसी बैठकले सबै शिक्षणसंस्थाका सबै तहका परीक्षा स्थगित गर्न सिफारिस गरेको हो ।
यसअघि मन्त्रिपरिषद् बैठकले भौतिक उपस्थितिमा पढाई रोके पनि परीक्षा स्थगित गरेको थिएन् । तर परीक्षाका नाममा विद्यालय कलेजहरुमा भिडभाड भएको भन्दै सीसीएमसीले परीक्षा रोक्ने निर्णय गरेको हो ।

यस्तै, बैठकले भारतसँगका सीमानाकाबाट विदेशी नागरिकहरुलाई रोक लगाउनुपर्ने पनि सिफारिस गरेको छ । सीमा नाका नियन्त्रण नगर्दा भारतमा सुनामी झै फैलिएको संक्रमण नेपालमा समेत अनियन्त्रित हुनेभन्दै सीमानाकामा कडाई गर्न सीसीएमसीले मन्त्रिपरिषदलाई प्रस्ताव गरेको हो ।
यद्यपी सीमामा आवागमन रोक्ने निर्णय भने भएको छैन । भारतमा संक्रमण फैलिएपछि रोजगारीका लागि त्यहाँ पुगेका लाखौं नेपाली नागरिक अहिले पनि स्वदेश फर्किरहेका छन् ।

प्रकाशित मिति : १२ बैशाख २०७८, आइतबार  ६ : ५६ बजे

आगामी बजेट सन्तुलित आउँछ : प्रधानमन्त्री शाह

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले आगामी आर्थिक वर्षको बजेट सन्तुलित

बुटवलमा आठौं राष्ट्रिय लन टेनिस प्रतियोगिता सुरु

बुटवल । बुटवलमा आठौं बुटवल राष्ट्रिय खुल्ला लन टेनिस तथा

प्रमुख प्रशासकीय अधिकृतबिहिन स्थानीयतहका ६३ स्थानमा सरकारले पठायो उपसचिवहरु (सूचीसहित)

काठमाडौँ । लामो समयदेखि प्रमुख प्रशासकीय अधिकृत विहिन भएका स्थानीय

नेपाली सेनाको ‘आधुनिक राज्य व्यवस्था र मौलिकता’ विषयक सेमिनार सम्पन्न

काठमाडौँ । रक्षा मन्त्रालयको समन्वय र नेपाली सेनाको व्यवस्थापनमा शिवपुरीस्थित