२० बैशाख २०८१, बिहिबार | May 2, 2024

बाँकेको खजुरा गाँउपालिकामा १५ बेडको अक्सिजन सहितको आइशोलेसन आजबाट संचालनमा



नेपालगन्ज । बाँकेको खजुरा गाउँपालिका अक्सिजन सहितको आइशोलेसन संचालन गर्ने जिल्लमा पहिलो स्थानीय पालिका बनेको छ । जिल्लामा कोरोना संक्रमणले भयाबहरुप लिएका बेला खजुरा गाँउ पालिकाले जिल्लामै पहिलो पालिकाको तर्फबाट अक्सिजन बेडसहितको आइसोलेसन संचालनमा ल्याएको हो ।

४० बेडको लक्ष सहित सुरु गरिएको आइशोलेसनमा आजबाट अक्सिजनसहितको १५ बेड संचलनमा आएको खजुरा गाँउपालिकाका प्रमुख किस्मत कुमार कक्षपतीले जानकारी दिए । गाँउपालिकाले खजुरा स्थित जनक शिक्षा सामाग्रीले छापाखाना स्थापनार्थ बनाएको भवनमा आइशोलेसन संचालनमा ल्याएको हो ।

खजुरामा रहेको जनक शिक्षा सामाग्रीको भवनमा निर्माण गरिएको आइसोलेसनको बाँकेका प्रमुख जिल्ला अधिकारी शिवराज गेलाल, प्रहरी प्रमुख ओम रानालगयत सुरक्षा अधिकारीले अवलोकन गरेका थिए ।

२ जना नर्सिङ स्टाफ र चिकित्सक सहित आइशोलेट भएका संक्रमितहरुको उपचार गर्ने ब्यवस्था मिलाईएको गाँउपालिकाका स्वास्थ्य प्रमुख सुदिप पौडेलले बताए ।

खजुरा गाउँपालिका वडा नं. १ का अध्यक्ष सुमन मल्लको सक्रियतामा राधापुर स्वास्थ्य चौकीमा १० बेडको आइसोलेसन संचालनमा ल्याइएको छ । आवश्यक अक्सिजन, औष्धी तथा स्वास्थ्यकर्मीको निगरानी रहने गरि ब्यवस्थापन गरिएको सो आइशोलसन पनि आजैबाट संचालनमा आएको छ ।
खजुरा गाउँपालिकाले यस अघि पनि कोभिडमा राम्रो काम गरेको भन्दै राष्ट्रयस्तरको पुरस्कर पाएको थियोे ।

प्रकाशित मिति : १२ बैशाख २०७८, आइतबार  ९ : ५० बजे

वेस्ट इन्डिज ए सँग नेपालको लगातार तेस्रो हार

काठमाडौं । नेपाल वेस्ट इन्डिज ए सँग लगातार तेस्रो खेलमा

नेपाल ‘आइटी हव’का रूपमा विकास हुँदैछ : रेखा शर्मा, सञ्चार तथा सूचना प्रविधिमन्त्री

काठमाडौं । ‘समृद्ध नेपालको आधार, सूचना प्रविधि र सञ्चार’ नाराका

बर्दिया एमाले अध्यक्षमा शालिकराम अधिकारी प्यानल सहित विजयी

बर्दिया । नेकपा एमाले बर्दियाको अध्यक्षमा एमाले उपाध्यक्ष विष्णु पौडेल

वेस्ट इन्डिज ए ले नेपाललाई दियो २१० रनको लक्ष्य

काठमाडौं । वेस्ट इन्डिज ए ले नेपाललाई २१० रनको लक्ष्य

वेस्ट इन्डिज ‘ए’ विरुद्ध फिल्डिङमा नेपाल

काठमाडौं । वेस्ट इन्डिज ए सँगको टी-२० सिरिजअन्तर्गत नेपालले आज