१ पुस २०८२, मंगलबार | December 16, 2025

काठमाडौं उपत्यकामा निषेधाज्ञाको तयारी



काठमाडौं । कोरोना भाइरसको दोस्रो लहरले महामारीको रुप लिएपछि त्यसलाई ब्रेकडाउन गर्न काठमाडौं उपत्यकामा निषेधाज्ञा लगाउने तयारी गरिएको छ ।

सोमबार भएको काठमाडौं उपत्यकाका प्रमुख जिल्ला अधिकारीहरुको छलफलमा निषेधाज्ञा लगाउने विषयमा छलफल भएको छ । काठमाडौं, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारी (सीडीओहरु)बीच निषेधाज्ञासहित कुन कुन क्षेत्रमा सेवा रोक लगाउने विषयमा छलफल भएको छ । गृहमन्त्रालयसँग निषेधााज्ञाको मोडालिटी र समयबारे परामर्श लिएपछि यसको घोषणा हुने बताइएको छ ।

कोभिड १९ संकट व्यवस्थापन केन्द्र सीसीएमसीले निषेधाज्ञा लगाउने अधिकार सीडीओहरुलाई दिएको छ । सक्रिय संक्रमित १ हजार कटेमा उपत्यकामा जुनसुकै बेला पनि निषेधाज्ञा लगाउन सक्ने अधिकार उपत्यकाका सीडीओहरुले पाएका छन् । काठमाडौंमा सक्रिय संक्रमितको संख्या हजारभन्दा निकै बढी भैसकेको छ । यद्यपी, काठमाडौं उपत्यका संघीय राजधानी समेत भएका कारण गृहमन्त्रालयको परामर्शमा मात्रै निर्णय लिइने भएको हो ।

सार्वजनिक सवारी, रात्री व्यवसाय, होटल रेष्टुरेन्ट लगायतका दर्जन बढी क्षेत्रमा निषेधाज्ञा लाग्नसक्ने बताइएको छ ।

प्रकाशित मिति : १३ बैशाख २०७८, सोमबार  १२ : ३४ बजे

रुंदै बाहिरिएको भनिएका प्रदीप ज्ञवालीले मागे ओली प्यानलका लागि मत

काठमाडौँ । महासचिव पदमा अध्यक्ष केपी ओलीले टिममा समावेश नगरेपछि

सिँचाइका २२ रुग्ण ठेक्का तोडियो, ठेक्का सम्झौता रकम १४ अर्ब २३ करोड

काठमाडौं । । ठेक्का सम्झौता गर्ने तर काम नगरेर वर्षोंदेखि

रुद्रकली र खगेन्द्रप्रसाद भैरहवा पुगे : भोलि कतार उड्दै

चितवन । नेपाल सरकारले कतार सरकारलाई उपहारस्वरुप पठाउन लागेका दुईवटा

यसरी हुँदै छ विद्युतीय मेसिनमार्फत एमाले महाधिवेशनमा भोटिङ

काठमाडौं । नेकपा (एमाले) को ११ औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत आज