२१ बैशाख २०८१, शुक्रबार | May 3, 2024

सुर्खेत र बर्दियामा एक साता निषेधाज्ञा



सुर्खेत । दोस्रो चरणको कोरोना सङ्क्रमणको अवस्था भयावह बन्न थालेपछि कर्णाली प्रदेशको राजधानी सुर्खेतमा एक सातासम्म निषेधाज्ञा जारी हुने भएको छ ।

कोरोना सङ्क्रमण तीव्र बन्दै गएका अवस्थालाई ध्यानमा राखी जिल्ला कोभिड–१९ विपद् व्यवस्थापन केन्द्रको आज बसेको बैठकले एक साताका लागि निषेधाज्ञा जारी गर्ने निर्णय गरेको हो ।

यही वैशाख १४ गते राति १२ः०० बजेदेखि एक हप्तासम्म निषेधाज्ञा जारी हुनेछ । नागरिकको भीड कम गरी सङ्क्रमण फैलन नदिन निषेधाज्ञा जारी गरिएको सुर्खेतका प्रमुख जिल्ला अधिकारी छविलाल रिजालले बताए । अत्यावश्यकीय सेवा प्रवाहका लागि खानेपानी, विद्युत्, बंक तथा वित्तीय क्षेत्रमा सुरक्षा मापदण्ड पालना गर्दै सेवा प्रवाह गर्न प्रशासनले निर्देशन दिएको छ ।

स¬ङ्क्रमितको शीघ्र उपचारका लागि प्रदेश अस्पताललाई तयारी हुन निर्देशन दिइएको र सुर्खेतमा आइसोलेशन निर्माणको पहल भइरहेको छ । भारतबाट आउने कर्णालीका नागरिकलाई सीमा नाकामा जाँच गर्ने र गम्भीर खालका सङ्क्रमितलाई बाँकेमै उपचार गर्ने गरी पहल भइरहेको सहायक प्रजिअ रोमबहादुर महतले जानकारी दिए ।

यस्तै, बर्दिया जिल्ला प्रशासनले पनि जिल्लामा एक साता निषेधाज्ञा जारी गरेको छ । छिमेकी जिल्ला बाँकेमा कोरोना भाइरसको सङ्क्रमण दिनहुँ बढ्दै गएपछि जोखिम कम गर्न एक साताका लागि निषेधाज्ञा जारी गरिएको हो ।

जिल्ला प्रशासन कार्यालयमा बसेको बैठकले कोरोना भाइरसको जोखिम कम गर्न आज राति १२ बजेदेखि लागु हुने गरी यही वैशाख १९ गतेसम्म निषेधाज्ञा जारी गरेको हो ।

निषेधाज्ञा अवधिभर स्वास्थ्यका मापदण्ड पालना गरी अत्यावश्यक सेवा तथा विकासनिर्माणबाहेक सम्पूर्ण सेवा र कार्यमा प्रतिबन्ध लगाइएको प्रमुख जिल्ला अधिकारी सन्तबहादुर सुनारले बताए ।

प्रकाशित मिति : १३ बैशाख २०७८, सोमबार  १ : २० बजे

राप्रपाको केन्द्रीय समिति बैठक जेठमा बस्ने

काठमाडौं। राप्रपाको केन्द्रीय कार्य समितिको बैठक आगामी जेठ १०, ११

लोकतन्त्रको विकासमा जगतको अहम् भूमिका हुन्छ : मुख्यमन्त्री कँडेल

कर्णाली । कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री यामलाल कँडेलले लोकतन्त्रको विकास,

खरबुजा खेतीबाट आकर्षक आम्दानी गर्दै नवलपुरका मीनबहादुर

त्रिवेणी । बर्दघाट सुस्तापूर्व नवलपुरको कावासोती-१७ का मीनबहादुर महतोले धान

नेपाल पत्रकार महासंघको केन्द्रीय महाधिवेशन आजबाट

काठमाडौं । नेपाल पत्रकार महासंघको केन्द्रीय महाधिवेशन आजदेखि काठमाडौंमा सुरु

डढेलो बस्तीमा पस्दा रामेछापमा एक जनाको मृत्यु

दोलखा । रामेछाप नगरपालिका-८ को काउले सामुदायिक वनमा लागेको डढेलो