२२ बैशाख २०८१, शनिबार | May 4, 2024

काठमाडौं उपत्यकामा १६ गतेदेखि निषेधाज्ञा



काठमाडौं । कोरोना भाइरसको दोस्रो लहरले महामारीको रुप लिएपछि त्यसलाई ब्रेकडाउन गर्न काठमाडौं उपत्यकामा १६ गतेदेखि निषेधाज्ञा लगाइने भएको छ ।

सोमबार भएको काठमाडौं उपत्यकाका प्रमुख जिल्ला अधिकारीहरुको छलफलपछि यही बैशाख १६ गतेदेखि निषेधाज्ञा लगाउने निर्णय भएको हो । निषेधाज्ञामा के खोल्ने के नखोल्ने भन्ने मापदण्ड बनाइसकेपछि यसलाई सार्वजनिक गरिने जनाइएको छ ।
गृहमन्त्रालयको सहमति पाएपछि निषेधाज्ञाको औपचारिक घोषणा हुनेछ ।

निषेधाज्ञा अवधीभर अत्यावश्यक बाहेकका सेवामा रोक लगाइने भएको छ । सार्वजनिक, निजी सवारीसाधन सञ्चालनमा रोक लाग्नेछ । तर, एम्बुलेन्स, शव वाहन, दमकल, कूनीतिक नियोग, प्रेसलगायतका अत्यावश्यक सेवाका गाडी भने चल्न पाउनेछन् । हवाई सेवा भने बन्द हुनेछैन । खाद्यान्न र तरकारी र दुध बजार खुला हुनेछ भने ‘होटलररेष्टुरेन्टले होम डेलिभरी गर्न दिइने भएको छ ।

निषेधाज्ञा अवधीमा पनि न्यून कर्मचारी राखेर स्वास्थ्य मापदण्ड पालना गर्दै सरकारी कार्यालय, बैंक तथा वित्तीय संस्थाका कार्यालयहरु खुला हुनेछन् ।

कोभिड १९ संकट व्यवस्थापन केन्द्र सीसीएमसीले निषेधाज्ञा लगाउने अधिकार सीडीओहरुलाई दिएको छ । सक्रिय संक्रमित १ हजार कटेमा उपत्यकामा जुनसुकै बेला पनि निषेधाज्ञा लगाउन सक्ने अधिकार उपत्यकाका सीडीओहरुले पाएका छन् । काठमाडौंमा सक्रिय संक्रमितको संख्या हजारभन्दा निकै बढी भैसकेको छ । काठमाडौं उपत्यका संघीय राजधानी समेत भएका कारण गृहमन्त्रालयको परामर्शमा लिइएको हो ।

 

प्रकाशित मिति : १३ बैशाख २०७८, सोमबार  २ : ०३ बजे

तिक्तता र गुटबन्दीलाई लिएर सधैं हिडिराख्नु राम्रो होइन : डा. शेखर कोइराला

कोहलपुरं । नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले राष्ट्र नै

भारतले प्याज निर्यातमा प्रतिबन्ध हटायो

काठमाडौं । भारतले प्याज निर्यातमा लगाइएको प्रतिबन्ध हटाएको छ ।

गौशालाका गाई गोरुलाई निलकण्ठ आमा समुहको दानापानी

बुटवल । बुटवल उपमहानगरपालिका वडा नं ७ स्थित शिवनगर सामुदायिक

लुम्बिनीमा अन्तराष्ट्रिय बौद्ध गोष्ठी सुरु

लुम्बिनी । लुम्बिनी बौद्ध विश्वविद्यालय बौद्ध अध्ययन संकायको आयोजनामा अन्तराष्ट्रिय

कर्णाली प्रदेशकै पहिलो चार तारे होटल बन्यो सुर्खेतको सिद्धार्थ होटल

सुर्खेत । सिद्धार्थ हस्पिटालिटीको व्यवस्थापनमा सुर्खेतको विरेन्द्रनगरमा सञ्चालन भइरहेको ‘सिद्धार्थ