२६ बैशाख २०८१, बुधबार | May 8, 2024

सोमबार थपिए ३५५६ नयाँ संक्रमित, १२ जनाको मृत्यु



काठमाडौं । सोमबार कोरोना भाइरसका ३ हजार ५५६ नयाँ संक्रमित थपिएका छन् । यो संख्या आइतबारको भन्दा ४३४ बढी हो । आइतबार ३ हजार १२२ जनामा संक्रमण पुष्टि भएको थियो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सोमबार साँझ अपडेट गरेको पछिल्लो तथ्यांकअनुसार १३ हजार २९३ परीक्षण गर्दा २ हजार ५५६ जनामा संक्रमण पुष्टि भएको हो ।

१२ हजार ४०० पीसीआर परीक्षणमा ३ हजार ४४२ जनालाई संक्रमण देखिएको र ८९३ एन्टिजने परीक्षणमा ११४ जनालाई संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा ३७८ जना संक्रमित निको भएका छन् । निको हुने भन्दा संक्रमित थपिने रफ्तार बढेका कारण सक्रिय संक्रमितको संख्या निरन्तर उकालोलाग्ने क्रममा छ । जसका कारण अस्पतालहरुलाई थेगिनसक्नु प्रेसर बढेको छ ।

पछिल्लो २४ घण्टामा १२ जना संक्रमितको मृत्यु भएको छ । यस्तै हालसम्म ३ हजार १७६ जनाको मृत्यु भएको छ ।

हालसम्म २ लाख २२ हजार ९५१ जना निको भएका छन् । निको हुने दर भने कुल संक्रमितको ९१ दशमल ५ प्रतिशत रहेको छ ।

प्रकाशित मिति : १३ बैशाख २०७८, सोमबार  ५ : २१ बजे

सार्वजनिक सेवा प्रसारणसम्बन्धी विधेयकका सम्बन्धमा सुझाव सङ्कलन गर्न उपसमिति गठन

काठमाडौं । प्रतिनिधिसभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिले सार्वजनिक

कोशी प्रदेशमा नयाँ सरकारको प्रक्रिया बढाउन माग

विराटनगर । कोशी प्रदेशसभाका दुई ठूला दल नेकपा (एमाले) र

दाँत परीक्षणका लागि प्रधानमन्त्री वीर अस्पतालमा

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ दाँतको परीक्षणका लागि आज

वर्षापछि वायु प्रदूषण घट्दै

कामठाडौं । सोमबारदेखि भएको हावाहुरीसहितको वर्षासँगै काठमाडौं उपत्यकालगायत मुख्य सहरको

साना तथा घरेलु उद्योगले देशको अर्थतन्त्र उकास्ने : राष्ट्रपति पौडेल

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले साना तथा घरेलु उद्योगले देशको