१८ श्रावण २०८३, सोमबार | August 3, 2026

सोमबार थपिए ३५५६ नयाँ संक्रमित, १२ जनाको मृत्यु



काठमाडौं । सोमबार कोरोना भाइरसका ३ हजार ५५६ नयाँ संक्रमित थपिएका छन् । यो संख्या आइतबारको भन्दा ४३४ बढी हो । आइतबार ३ हजार १२२ जनामा संक्रमण पुष्टि भएको थियो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सोमबार साँझ अपडेट गरेको पछिल्लो तथ्यांकअनुसार १३ हजार २९३ परीक्षण गर्दा २ हजार ५५६ जनामा संक्रमण पुष्टि भएको हो ।

१२ हजार ४०० पीसीआर परीक्षणमा ३ हजार ४४२ जनालाई संक्रमण देखिएको र ८९३ एन्टिजने परीक्षणमा ११४ जनालाई संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा ३७८ जना संक्रमित निको भएका छन् । निको हुने भन्दा संक्रमित थपिने रफ्तार बढेका कारण सक्रिय संक्रमितको संख्या निरन्तर उकालोलाग्ने क्रममा छ । जसका कारण अस्पतालहरुलाई थेगिनसक्नु प्रेसर बढेको छ ।

पछिल्लो २४ घण्टामा १२ जना संक्रमितको मृत्यु भएको छ । यस्तै हालसम्म ३ हजार १७६ जनाको मृत्यु भएको छ ।

हालसम्म २ लाख २२ हजार ९५१ जना निको भएका छन् । निको हुने दर भने कुल संक्रमितको ९१ दशमल ५ प्रतिशत रहेको छ ।

प्रकाशित मिति : १३ बैशाख २०७८, सोमबार  ५ : २१ बजे

दश प्रतिशत निःशुल्क स्वास्थ्य सेवा कार्यान्वयनमा मन्त्रालयको जोड

काठमाडौं । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले १० प्रतिशत निःशुल्क

सिंहदरबारमा कांग्रेस संसदीय दलको बैठक

काठमाडौं । नेपाली कांग्रेस संसदीय दलको बैठक बसेको छ ।

‘ट्राफिक प्रहरीको उद्देश्य सवारी दुर्घटना कम गर्नु हो, जरिवाना लिनु होइन’

काठमाडौँ । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख सुरेशप्रसाद काफ्लेले

बाँके युनेस्को क्लबले मनायो ३७ औं स्थापना दिवस

नेपालगन्ज । बाँके युनेस्को क्लबको ३७ ओै बार्षिक साधारणसभा तथा

मल वितरणमा समान र स्पष्ट नीति बनाउन कृषि मन्त्रालयलाई लुम्बिनीका मुख्यमन्त्री आचार्यको निर्देशन

दाङ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले अनुदानको रासायनिक मल