४ पुस २०८२, शुक्रबार | December 19, 2025

प्रधानमन्त्री ओली नक्कली एमाले हुन : नेता नेपाल



कावासोती । पूर्वप्रधानमन्त्री एवं नेकपा (एमाले)का वरिष्ठ नेता माधवकुमार नेपालले प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई नक्कली एमाले भएको आरोप लगाएका छन् ।

पूर्वी नवलपरासीको कावासोतीमा मंगलबार कार्यकर्ता प्रशिक्षण कार्यक्रमा बोल्दै नेता नेपालले सक्कली एमाले आफुहरू भएको बताउँदै एमाले समाप्त पार्न प्रधानमन्त्री ओली आफै लागेको आरोप लगाए।

आफू पार्टीलाई बलियो बनाउने अभियानमा लागेको बताउदै नेता नेपालले आफूलाई पार्टी फुटाउन खोजेको आरोप निराधार भएको बताए । नेपालले इमान्दार कार्यकर्तालाई पाखा लगाएर कमिशनखोरी र भष्टाचारीको घेराबन्दी जालोमा ओली परेको आरोप लगाए ।

नेता नेपालले प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीले नै पार्टीलाई एकताबद्ध बनाउनुपर्ने धारणा राखे । पार्टी भित्रको समस्या अध्यक्ष तथा प्रधानमन्त्री ओली भएको बताउदै उनले समस्याको खोजी गर्न आग्रह गरे ।

नेता नेपालले कार्यकर्ताको भावना बुझ्न नसकेका कारण पार्टीभित्र सङ्घर्ष बढेको बताउदै समस्या समाधानका लागि राजनीतिक रुपमा हल खोज्नुपर्ने बताए । नेता नेपालले प्रधानमन्त्री वलीले विदेशी शक्ति सामु आत्मसमर्पण गरेर विदेशीको इशारामा सत्ता कब्जा गर्न खोजेको आरोप लगाउँदै उनले भने तेस्तो कुरा कुनै हालतमा नहुने जिकिर गरे ।

कोरना कारण जनता मारमा परेको बेलामा ओली जनताको समस्या छाडेर सत्ता जोगाउन लागिपरेको समेत नेपालले आरोप लगाए । ओलीमा वैचारिक तथा सैद्धान्तिक विचलन आएको बताउँदै नेपालले कार्यकर्ताको भावना बुझेर अगाडि बढ्न जरुरी रहेको बताए

प्रकाशित मिति : १४ बैशाख २०७८, मंगलबार  ३ : २१ बजे

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको

रिहा भएपछि रविले भने – केही समय धैर्य गर्नुहोला, मैले धेरै कुरा भन्न बाँकी छ

भैरहवा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने आज