१८ श्रावण २०८३, सोमबार | August 3, 2026

बाँकेमा आज थपिए ५५३ नयाँ कोरोना संक्रमित, ५ जनाको मृत्यु



नेपालगन्ज । बाँकेको ३ वटा प्रयोगशाला र सिमानाकाको एन्जिेन परिक्षण सहित पछिल्लो २४ घण्टामा ५५३ जनामा कोरोना संत्रलमण पुष्टि भएको छ । आज साँझ प्राप्त रिपोर्ट अनुसार ती प्रयोगशालाबाट आएको विवरणमा २३५ महिला र ३१८ पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो । बाँकेमा आज कोरोना संक्रमणकै कारण ५ जनाको मृत्यु भएको छ ।

पीसीसीएमसी बाँकेले दिएको जानकारी अनुसार भेरी अस्पतालको पीसीआर प्रगयोगशालामा २८८ नमुना परीक्षण गर्दा २३३ जनामा संक्रमण पुष्टि भएको छ भने नेपालगन्ज मेडिकल कलेजको प्रयोगशलामा २६८ नमुना परीक्षण गर्दा २०६ जना, बागेश्वरी ल्यावमा १३१ नमुनामा १०८ जना तथा सिमानाका जमुनाहामा ६६ जनाको एन्जिेन परीक्षण गर्दा ६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । कुल संक्रमति मध्य ४८४ जना संक्रमित बाँके जिल्लाका र अन्य बाँके बाहिरको रहेको बाँकेका कोरोना फोकलपर्शन तेज ओलीले बताए ।

बाँकेका बिभिन्न अस्पतालहरुमा अहिले पछि गम्भिर अवस्थामा १२४ जना कोरोना संक्रमितको उपचार भईरहेको छ । बाँकेमा हाल सम्म २१० जनाको उपचारका क्रममा मृत्यु भएको छ ।

आज पनि ५ जनाको मृत्यु :

बाँकेमा आज पनि ५  जना कोरोना संक्रमितको मृत्यु भएको छ । उपचारका क्रममा उनीहरुको मृत्यु भएको हो । नेपालगन्ज १७ की ३९ वर्षिया महिलाको हिजो भेरी अस्पतालमा राती १०ः३० बजे मृत्यु भएको थियो भने सोहि अस्पतालमा बिहान २ः३० बजे नेपालगन्ज् १२ का ६५ वर्षिय पुरुषको मृत्यु भएको थियो । त्यसैगरि नेपालगन्ज् मेडिकल कलेजमा दिउँसो २ बजे बैजनाथ ६ का ५६ वर्षिय पुरुषको मृत्यु भएको थियो भने भेरी अस्पतालमा ४ः३० बजे नेपालगन्ज १३ का ६९ वर्षिय पुरुषको मृत्यु भएको छ । आजै ८:५५ बजे नेपालगन्ज १३ का ५८ वर्षिय पुरुषकाे नेपालगन्ज मेडिकल कलेजमा मृत्यु भएकाे छ ।

आज मृत्यु भएसँगै बाँके जिल्लामा मात्र कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या १०२ पुगेको छ ।

प्रकाशित मिति : १५ बैशाख २०७८, बुधबार  १० : ०६ बजे

पच्चिस वर्षपछि ‘राष्ट्रिय यातायात नीति’ लागू

काठमाडौँ । सरकारले करिब २५ वर्षपछि राष्ट्रिय यातायात नीति संशोधन

मधेस केन्द्रित दलको नेतृत्वमा ‘अग्रगामी मोर्चा’ घोषणा हुँदै, जनार्दन शर्मापनि सहभागी हुने

काठमाडौं । मुलुकलाई अग्रगामी निकास दिन भन्दै काठमाडौँमा ‘अग्रगामी मोर्चा’

पक्राउ परेको २४ घण्टा नपुग्दै छुटे दुर्गा प्रसाईं

भक्तपुर । मेडिकल व्यवसायी दुर्गा प्रसाईँ पक्राउ परेको २४ घण्टा

कांग्रेसद्वारा तराई-मधेशमा भएका घटनाको न्यायिक समिति गठन गर्न माग

काठमाडौं । नेपाली कांग्रेस संसदीय दलले सुनसरी, सिरहा, धनुषा र

दश प्रतिशत निःशुल्क स्वास्थ्य सेवा कार्यान्वयनमा मन्त्रालयको जोड

काठमाडौं । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले १० प्रतिशत निःशुल्क