७ बैशाख २०८१, शुक्रबार | April 19, 2024

‘लकडाउन’मा गुनासो सुन्न सीसीएमसीको ‘टोल फ्री’ संयन्त्र



काठमाडौं । राज्यका तल्ला निकयले ‘लकडाउन’का बेला दुःखमा परेका सर्वसाधारणको समस्यामा बेवास्ता गरेको जनगुनासो बढेपछि कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणका लागि केन्द्रस्तरमा गठन भएको कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र (सीसीएमसी)ले सिधै जनताको गुनासो सुन्ने र सम्बोधन गर्ने संयन्त्र तयार गरेको छ । कोरोना सङ्क्रमण र ‘लकडाउन’मा जनताका गुनासा सम्बोधन गर्नका लागि सीसीएमसीले संयन्त्र गठन गरेको हो । सिसिएमसीका निर्देशक उपप्रधानमन्त्री ईश्वर पोखरेलको निर्देशनमा जनताका गुनासा, उजुरी तथा सुझावको तत्काल कार्यान्वयन गर्नका लागि संयन्त्र गठन गरिएको उपप्रधानमन्त्री पोखरेलका प्रेस सल्लाहकार गणेश पाण्डेले जानकारी दिए ।

प्रेस सल्लाहकार पाण्डेका अनुसार जनताका गुनासा टोल फ्री नं ११४० मा फोन गरे २४ घण्टाभित्र समस्याको समाधान हुने छ भने सर्वसाधारणले शव व्यवस्थापनका लागि १०५ र एम्बुलेन्सका लागि १०२ मा सम्पर्क राख्न सक्ने छन् ।

यसैगरी विदेश जाने र विदेशबाट आउनेले सीसीएमसीको वेबसाइट ccmc.gov.np रहेको फारम भर्न सीसीएमसीले आग्रह गरेको छ । कोरोना भाइरस सङ्क्रमणको दर उच्च भएपछि सरकारले आजदेखि उपत्यका लगायत मुलुकको धेरै स्थानहरुमा वैशाख मसान्तसम्म लकडाउनको घोषणा गरेको छ ।

प्रकाशित मिति : १६ बैशाख २०७८, बिहिबार  २ : ४० बजे

प्रतिपक्षले बहिष्कार गरेपछि गण्डकी प्रदेश सभा बैठक कार्यसूचीमा प्रवेश नगरी स्थगित

पोखरा । गण्डकी प्रदेश सभाको बैठकमा प्रतिपक्षी बेन्च खाली भएपछि

गत वर्ष सडकमार्गबाट चार लाख पर्यटक मुस्ताङ पुगे

म्याग्दी । अघिल्लो वर्षको वैशाख १ देखि चैत ३० गतेसम्म

सुप्रिम सहकारी ठगी प्रकरण : अध्यक्ष गुरुङलाई जेल, ६ जनालाई धरौटीमा छोड्न आदेश

बुटवल । बुटवलस्थित सुप्रिम सहकारी ठगी प्रकरणमा जिल्ला अदालत रुपन्देहीले

युएई एसीसी प्रिमियर कपको फाइनलमा, नेपाल छ विकेटले पराजित

काठमाडौं । एसीसी मेन्स प्रिमियर कप टि-२० क्रिकेट प्रतियोगिताअन्तर्गत आज

कोशीमा संकल्प प्रस्ताव बहुमतले पारित, प्रस्तावको पक्षमा ५२ मत

विराटनगर । कोशी प्रदेशबाट संकल्प प्रस्ताव पारित भएको छ ।