७ बैशाख २०८१, शुक्रबार | April 19, 2024

रुपन्देहीको पहिलो दिनको निषेधाज्ञा फितलो, बुटवलमा देखिएन निषेधाज्ञाको प्रभाव (फोटो फिचर)



बुटवल । रुपन्देहीको निषेधाज्ञाको आज पहिलो दिन, स्थानीय प्रशासनले यस पटकको निषेधाज्ञा तुलनात्मकरुपमा कडा हुने जानकारी गराउँदै खाद्यान्न, दैनिक उपभोग्य सामाग्री र तरकारी पसल जस्ता व्यवसाय समेत खोल्न नपाउने गरि आदेश जारी गरेपनि बुटवलका ब्यवसायीहरुले स्थानीय प्रशासनको आदेशलाई अवज्ञा गरिदिएका छन् ।

मुख्य सडकमा केहि प्रहरी परिचालन गरेर कडाई गरेजस्तो गरिएपनि प्राय सबै पसलहरुले पहिलो दिनको निषेधाज्ञामा ब्यापार व्यवसाय गरेका छन् ।

मुख्य राजमार्ग क्षेत्रका पसलहरू बन्द रहेपनि भित्री बजारका अधिकाँश पसलहरु सानो ढोका खोलेर सामान बिक्रि वितरण गरिरहेको पाईएको छ । खाद्यान्न पसल देखि मासु पसल र कपडा पसल देखि रक्सी पसल सम्मका व्यवसायीहरुले साना ढोका खोलेर निषेधाज्ञालाई अवज्ञा गरेका छन् ।

निषेधाज्ञाका कारण रुपन्देहीमा सार्वजानिक सवारी साधन भने निकै पातलो देखियो । निषेधाज्ञाको हल्लाले घर तर्फ जान निस्केका सर्वसाधारणहरु बुटवलको बसपार्क वरपर अलपत्र अवस्था गाडी कुरिरहेको देखिएको थियो । निषेधाज्ञाको मौका छोप्दै केहि ट्याक्सीहरुले महङ्गो मुल्यमा यात्रुसंग बार्गेनिङ गर्दै गरेको पनि देखिएको थियो ।

 

 

निषेधाज्ञा पालना गराउन सडकमा ड्युटी गरिरहेका प्रहरीहरुले सुकिला मुकिलाले चलाएको मोटरसाईकल र गाडी नरोक्ने र समान्य नागरिकहरुको बाईक र सवारीलाई केरकार गरेको सडकमा होल्ड गरिएका चालकहरुले गुनासो गरेका थिए । जिल्ला प्रहरी कार्यालयका अनुसार रुपन्देहीमा दिउँसो ४ बजे सम्ममा जम्मा ८ जनालाई मात्र कारवाही गरेको थियो । प्रहरीहरु खुल्ला पसलमा गफ गरेर बसेको दृष्य पनि बुटवलमा देख्न सकिन्थ्यो ।

निषेधाज्ञा कागजमा घोषणा गरेर लुकिछिपी पसलहरुमा भिड जम्मा गर्दै गरिएको कारोबारले स्थानीय प्रशासनले राखेको कोरोनाको चेनब्रेकलाई सफल बन्न नदिने निश्चित छ । आदेश जारी भएकै हो भने कडाईका साथ कार्यान्वयन गर्ने जिम्मेवारी पनि प्रशासनले लिनुपर्दछ । भयावहरुपमा फैलिएको महामारीको चेन ब्रेक गर्न आवश्यक परे सेना परिचालन गरेर पनि परिस्थिती प्रशासनको नियन्त्रणमा लिनुपर्ने देखिएको छ ।

प्रकाशित मिति : १६ बैशाख २०७८, बिहिबार  ७ : १९ बजे

कार्यकक्षमा नभेटिने कर्मचारीलाई कारवाही गर्ने स्वास्थ्य मन्त्रालयको चेतावनी

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कार्यालय समयमा आफ्नो कार्यकक्षमा

इलाममा करेन्ट लागेर एक जनाको मृत्यु

इलाम । इलाममा करेन्ट लागेर एक जनाको मृत्यू भएको छ

धरौटी बुझाउन नसकेपछि दिपेश पुन जेल चलान

बुटवल । सुप्रिम सहकारी ठगी प्रकरणमा पक्राउ परेका दिपेश पुन

काठमाडौं महानगरमा ३३ जनाको निःशुल्क उपचार, कसरी लिने सेवा ?

काठमाडौं । २ जना वेवारिसे र ३१ जना विपन्न गरी

अंग्रेज हराएको खुशीयालीमा बुटवलमा मनाइयो जितगढी विजय उत्सव (फोटो फिचरसहित)

बुटवल । नेपाल-अंग्रेज (इष्ट इण्डिया कम्पनी) सँगको युद्धमा जित हासिल