१४ चैत्र २०८२, शनिबार | March 28, 2026

रुपन्देहीको पहिलो दिनको निषेधाज्ञा फितलो, बुटवलमा देखिएन निषेधाज्ञाको प्रभाव (फोटो फिचर)



बुटवल । रुपन्देहीको निषेधाज्ञाको आज पहिलो दिन, स्थानीय प्रशासनले यस पटकको निषेधाज्ञा तुलनात्मकरुपमा कडा हुने जानकारी गराउँदै खाद्यान्न, दैनिक उपभोग्य सामाग्री र तरकारी पसल जस्ता व्यवसाय समेत खोल्न नपाउने गरि आदेश जारी गरेपनि बुटवलका ब्यवसायीहरुले स्थानीय प्रशासनको आदेशलाई अवज्ञा गरिदिएका छन् ।

मुख्य सडकमा केहि प्रहरी परिचालन गरेर कडाई गरेजस्तो गरिएपनि प्राय सबै पसलहरुले पहिलो दिनको निषेधाज्ञामा ब्यापार व्यवसाय गरेका छन् ।

मुख्य राजमार्ग क्षेत्रका पसलहरू बन्द रहेपनि भित्री बजारका अधिकाँश पसलहरु सानो ढोका खोलेर सामान बिक्रि वितरण गरिरहेको पाईएको छ । खाद्यान्न पसल देखि मासु पसल र कपडा पसल देखि रक्सी पसल सम्मका व्यवसायीहरुले साना ढोका खोलेर निषेधाज्ञालाई अवज्ञा गरेका छन् ।

निषेधाज्ञाका कारण रुपन्देहीमा सार्वजानिक सवारी साधन भने निकै पातलो देखियो । निषेधाज्ञाको हल्लाले घर तर्फ जान निस्केका सर्वसाधारणहरु बुटवलको बसपार्क वरपर अलपत्र अवस्था गाडी कुरिरहेको देखिएको थियो । निषेधाज्ञाको मौका छोप्दै केहि ट्याक्सीहरुले महङ्गो मुल्यमा यात्रुसंग बार्गेनिङ गर्दै गरेको पनि देखिएको थियो ।

 

 

निषेधाज्ञा पालना गराउन सडकमा ड्युटी गरिरहेका प्रहरीहरुले सुकिला मुकिलाले चलाएको मोटरसाईकल र गाडी नरोक्ने र समान्य नागरिकहरुको बाईक र सवारीलाई केरकार गरेको सडकमा होल्ड गरिएका चालकहरुले गुनासो गरेका थिए । जिल्ला प्रहरी कार्यालयका अनुसार रुपन्देहीमा दिउँसो ४ बजे सम्ममा जम्मा ८ जनालाई मात्र कारवाही गरेको थियो । प्रहरीहरु खुल्ला पसलमा गफ गरेर बसेको दृष्य पनि बुटवलमा देख्न सकिन्थ्यो ।

निषेधाज्ञा कागजमा घोषणा गरेर लुकिछिपी पसलहरुमा भिड जम्मा गर्दै गरिएको कारोबारले स्थानीय प्रशासनले राखेको कोरोनाको चेनब्रेकलाई सफल बन्न नदिने निश्चित छ । आदेश जारी भएकै हो भने कडाईका साथ कार्यान्वयन गर्ने जिम्मेवारी पनि प्रशासनले लिनुपर्दछ । भयावहरुपमा फैलिएको महामारीको चेन ब्रेक गर्न आवश्यक परे सेना परिचालन गरेर पनि परिस्थिती प्रशासनको नियन्त्रणमा लिनुपर्ने देखिएको छ ।

प्रकाशित मिति : १६ बैशाख २०७८, बिहिबार  ७ : १९ बजे

प्रधानमन्त्री बालेन्द्रलाई चिनियाँ समकक्षीले दिए बधाई, द्विपक्षीय सहकार्य सुदृढ गर्ने प्रतिबद्धता

काठमाडौं । चीनका प्रधानमन्त्री ली छ्याङले नेपालको प्रधानमन्त्रीमा बालेन्द्र शाह

ओली पक्राउ विरुद्ध कानूनी र राजनीतिक प्रतिवाद गर्ने एमालेको निर्णय

काठमाडौं । नेकपा एमालेले आफ्ना पार्टी अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी

केपी ओली त्रिवि शिक्षण अस्पतालमा भर्ना

काठमाडौं । नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई

च्यासलमा सचिवालय बैठक चलिरहँदा एमाले कार्यकर्ताहरु सडक संघर्षमा

काठमाडौं । अध्यक्ष केपी शर्मा ओलीलाई प्रहरीले पक्राउ गरेको विषयमा

ओली-लेखक पक्राउको विरोधमा अखिलद्वारा देशव्यापी प्रतिकारको आह्वान

काठमाडौं । आफ्ना पार्टी अध्यक्ष केपी शर्मा ओली र पूर्वगृहमन्त्री