७ बैशाख २०८१, शुक्रबार | April 19, 2024

रुपन्देही निषेधाज्ञा : एउटै जिल्लामा कतै निषधाज्ञा कडिकडाउ, कतै फितालो



बुटवल । रुपन्देहीमा जारी निषेधाज्ञामा बुटवल उपमहानगर क्षेत्रमा निषेधाज्ञा फितलो भएपनि भैरहवामा भने प्रहरीले कडाई गरेको छ । बुटवल उपमहागरका भित्रि बजारहरुमा पसलहरु खोलेर कारोबार चलिरहँदा भैरहवामा सडकमा निस्केका सर्वसाधारणलाई संक्रामक ऐन २०२० लगाएर कैद र जरिवाना समेत तोकिएको छ । जिल्लामा निषेधाज्ञाको अवज्ञा गर्ने आठ जनालाई कैद र जरिवाना तोकिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

जिल्लामा संक्रमित थपिने क्रम एकाएक बढेपछि स्थानिय प्रशासनले बिहीबारदेखि वैशाख ३० गतेसम्म निषेधाज्ञा लगाएको छ।

जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी प्रवक्ता नायव प्रहरी उपरिक्षक सत्यनारायण थापकाका अनुसार निषेधाज्ञाको अवज्ञा गरेर हिड्डुल गरेका र प्रहरीले रोकेर सम्झाउन खोज्दा प्रहरीमाथि नै दब्र्यवहार गर्न खोज्ने काठमाडौँ ठेगाना भई सिद्धार्थ नगर बस्दै आएका हरी शाही ठाकुरी, रुपन्देही मायादेवी गाउँपालिका २ महेन्द्र कोहार, मायादेवी ४ का दिनेश यादव, सिद्धार्थनगर नगरपालिका ८ का श्याम दुबे, सिद्धार्गजगरका ९ का ईरशाद आलम, सिद्धार्थनगर ६ की सविता खनाल, सोही स्थानका प्रितम कुवँर र प्रेम कुवँर रहेका छन्।

पक्राउ परेका आठ जनालाई संक्रामक रोग ऐन २०२० को दफा ३ को उपदफा २ बमोजिम प्रमुख जिल्ल अधिकारीबाट कारवाही गरिएको प्रवक्ता थापाले बताए ।

ड्युटीमा रहेका प्रहरीसँग अभद्र ब्यवहार गरेपछि उनीहरुलाई पक्राउ गरेर जिल्ला प्रशासन कार्यालय रुपन्देही बुझाईएको थियो । रुपन्देहीका प्रमुख जिल्ला अधिकारी अस्मान तमाङले उनीहरु मध्ये ७ जनालाई जनही एक महिना कैद वा सो बराबरको जरिवाना र एक जनालाई ६ सय रुपैयाँ जरिवानाको आदेश गरेका थिए।

जसमध्ये ५ जनाले कैद र जरिवाना बापतको जनही ९ हजार एक सय रुपैयाँ रकम दाखिला गरेपछि रिहा भएका छन् भने दिनेश यादव, श्याम दुवे र महेन्द्र कोहारले कैद वा सो बराबरको जरिवना अनुरुप रकम नबुझाएपछि उनीहरुलाई सजाए भुक्तानका लागि भैरहवा कारागारमा पठाइएको डीएसपी थापाले बताए।

प्रहरीका अनुसार निषेधाज्ञाको पहिलो दिन निषेधाज्ञा उल्लंघन गर्ने एक हजार २० वटा विभिन्न सवारी साधन र एक हजार चार सय ७० जना सर्वसाधारणलाई सडकमै ‘होल्ड’ गरी सम्झाई बुझाई छाडिएको छ ।

बुधबार खबरकुरासँग कुरा गर्दै रुपन्देहीका प्रजिअ अस्मान तामङले निषेधज्ञालाई कमजोर नसम्झन चेतावनी दिएका थिए ।

बुटवलमा भने निषेधाज्ञा फितलो

एउटै जिल्लामा भैरहवामा निषेधाज्ञा अवज्ञा गर्नेलाई कारागार पठाईंदा बुटवलमा भने निषेधाज्ञा निकै फितलो देखिएको छ । सर्वसाधारण बिनाकाम ईभिनिङ वाक देखि मदिरा पसलमा मदिरा किन्न निस्केका छन् भने भित्री बजारका पसलहरु आधा सटर खोलेर संचालन भईरहेको छ । बुटवलमा अटो रिक्सा, टेक्सी र निजी कार तथा मोटरसाईकलहरु प्रसस्त चलेको थियो ।

बुटवलमा प्रहरीले सामान्य अवस्थामा देखिएका सर्वसाधारणलाई बाटोमा रोकर लटेठी ताकेपनि हुनेखाने जस्ता देखिने सुकिला मुकिलालाई भने प्रहरी जांच नगरि छाडेको पाईएको थियो ।

ईलाका प्रहरी कार्यालय बुटवलको जनशक्ति कम र एरिया ठूलो भएकाले केहि पितलो भएको प्रहरी स्रोतले उल्लेख गरेको छ । भएको जनशक्ति पनि मोतिपुर औद्योगिक क्षेत्रमा खटाईएका कारण बुटवलमा निषेधाज्ञा प्रभावकारी हुन नसकेको ती स्रोतले बताए ।

प्रकाशित मिति : १६ बैशाख २०७८, बिहिबार  १० : ४३ बजे

एकीकृत समाजवादीले सदस्यताको प्रमाणीकरण गर्दै

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)ले महाधिवेशन प्रतिनिधि चयन गर्न पार्टीका

काठमाडौंमा कक्षा १२ को परीक्षाका केन्द्रहरू स्वचालित विधिबाट तोकियो

काठमाडौं। शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय र राष्ट्रिय परीक्षा बोर्डको

धनुषामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु

धनुषा । धनुषामा मोटरसाइकलको ठक्करबाट एकजना पैदलयात्रीको मृत्यु भएको छ

सुनको भाउ हालसम्मकै उच्च विन्दुमा, आज कति छ ?

काठमाडौं । नेपाली बजारमा सुनको मुल्य बढेको छ । नेपाल

हार्दिक पाण्डेयलाई १२ लाख जरीवाना

काठमाडौं । आइपिएल टिम मुम्बई इन्डियन्सका कप्तान हार्दिक पाण्ड्यालाई १२