१४ बैशाख २०८१, शुक्रबार | April 26, 2024

सीमानाकामा हुने आवतजावतले संक्रमणको जोखिम बढ्दै



लहान । छिमेकी मुलुक भारतमा कोरोनाको सङ्क्रमण पुनः बढदै गएपछि सिरहा जिल्ला पनि यसको उच्च जोखिममा परेको छ ।

भारतीय सीमा क्षेत्रबाट निर्वाध रुपमा आवतजावत भइरहेका कारण सिरहामा पनि कोरोना सङ्क्रमण फैलिन सक्ने जोखिम बढेको स्थानीयवासीहरु बताउँछन् । ‘‘भारतीय बजार जाने आउने क्रम चल्दै छ”, लहान नगरपालिका-७ का वडाध्यक्ष राकेश रोशन गुप्ताले भने, ‘‘सीमाक्षेत्रमा हुने आवागमन नरोकिदाँ कोरोना सङ्क्रमणको जोखिम अत्यधिक बढेको छ ।” जोखिम बढ्दै गएपनि सो अनुसारको सुरक्षा साबधानी अपनाइएको देखिदैन्, उनले भने ।

‘‘भारतको बिहारमा समेत कोरोना सङ्क्रमण तीब्र रुपमा फैलिरहेको छ”, लहानका स्थानीयवासी सत्यनारायण चौधरीले भने, ‘‘छिमेकी जिल्लामा कोरोना फैलिरहेपनि सिरहामा स्वास्थ्य सुरक्षा साबधानी अपनाइएको देखिदैन्, फलस्वरुप कुनै पनि बेला कोरोना भाइरस सङ्क्रमण समुदायस्तरमा फैलिन सक्ने भएकाले नेपाल भारत सीमाक्षेत्रमा हुने आवागमनलाई तत्काल रोक्नुपर्छ ।” एकातिर सीमासँग जोडिएका भारतको बिहार राज्यका विभिन्न स्थानमा कोरोना सङ्क्रमण तीब्र रुपमा फैलिरहेकाले तत्काल भारतीय सीमा नाकाहरु बन्द गर्नुपर्ने आवाज उठेपनि कार्यान्वयन नहुदाँ अझै सर्वसाधारण वारिपारि गरिरहेका छन् ।

भारतको विभिन्न शहरमा काम गरी नेपाल फर्किने क्रम पनि अझै रोकिएको छैन् । खुल्ला सीमानाका कारण मुख्य नाकासँगै अन्य विभिन्न चोर बाटो भएर सर्वसाधारण नेपाल भित्रिने गरेका छन् । तीमध्ये अधिकांशले सिधैं परिवार तथा आफन्तजनको सम्पर्कमा पुग्ने गरेका कारण कोरोना भाइस सङ्क्रमण उच्च दरमा फैलिने सम्भावना प्रवल रहेको छ ।

सिरहा बरियारपट्टीका स्थानीयवासी मुकेश यादवले भने, ‘‘सरकारले एकातिर सीमानाका बन्द गर्ने बताइरहेको छ भने अर्कोतिर भारतीय बजार जाने र आउने क्रम बढेकाले जोखिम बढेको छ ।” खुल्ला सीमानाकाका कारण हुलका हुल मानिसहरु सीमावर्ती भारतीय बजार लदनियाँमा जाने आउने गरिरहेकाले सङ्क्रमणको जोखिम बढ्को तर स्थानीय तहबाट त्यसलाई रोक्ने प्रयास नभएको स्थानीयवासीहरुको गुनासो छ । यसका साथै दैनिक लाग्ने हाटबजारमा पनि सर्वसाधारणको चहल पहल ह्वातै बढेको छ ।

सिरहाका प्रमुख जिल्ला अधिकारी प्रदीपराज कणेलले जिल्लामा कोरोना सङ्क्रमण फैलिन नदिन सुरक्षा सतर्कता बढाइएको बताए । सिरहा प्रबेश गर्ने नाकाहरुमा सुरक्षा निगरानी बढाउनुका साथै सीमानाकामा हेल्थ डेस्क राखिएको उनले जानकारी दिए । उनले भने, ‘‘सीमा नाकामा हुने आवतजावतमा कडाइ गरेका छौं, हेल्थ डेस्कमा स्वास्थ्य परीक्षण गरेर मात्र जान दिएका छौं, अब लुकीछिपी चोर बाटो भएर आइरहेको छ भन्ने त्यसलाई पनि रोक्ने प्रयास गर्छौ ।” विश्व समुदाय नै कोरोनाको महामारीसँग जुधिरहेकाले यसप्रति सबै सचेत हुनुपर्ने उनको भनाइ छ ।

प्रकाशित मिति : १७ बैशाख २०७८, शुक्रबार  २ : ४० बजे

टोपबहादुर रायमाझीलाई धरौटीमा छोड्न सर्वोच्च अदालतबाट अस्वीकार

काठमाडौं । सर्वोच्च अदालतले एमालेका नेता टोपबहादुर रायमाझीलाई धरौटीमा छोड्न

बजारमा निम्न गुणस्तरको वाईवाई चाउचाउ, चौधरी ग्रुपलाई २ लाख जरिवाना

काठमाडौं । काठमाडौँ महानगरपालिकाले चौधरी ग्रुपलाई २ लाख रुपैयाँ जरिवाना

पूर्वमन्त्री आलमलाई जन्मकैदको सजाय

काठमाडौं । पूर्वमन्त्री मोहम्मद अफताब आलमलाई जन्मकैदको सजाय भएको छ

एएचजेड यूके युनिभर्सिटी रिप्रेजेन्टेटिभको नयाँ शाखा बुटवलमा सञ्चालन

बुटवल । अध्ययनका लागि बेलायत जाने विद्यार्थीहरुलाई लक्षित गरि बुटवलमा

भीम रावलले गरे एमाले छोड्ने संकेत !

काठमाडौं । नेकपा एमालेका नेता एवं पूर्व उपप्रधानमन्त्री डा. भीम