१८ श्रावण २०८३, सोमबार | August 3, 2026

रुपन्देहीमा थपिए ४५९ नयाँ कोरोना संक्रमित, पछिल्लो २४ घण्टामा ४ जनाको मृत्यु



बुटवल । रुपन्देहीमा आज पनि झण्डै साढे चार सय बढीको संख्यामा कोरोना संक्रमित थपिएका छन् । पछिल्लो २४ घण्टाको रिपोर्ट सार्वजानिक गर्दै स्वास्थ्य कार्यालय रुपन्देहीले रुपन्देहीमा ४५९ जना नयाँ कोरोना संक्रमित थपिएको जानकारी दिएको छ । आज पनि रुपन्देहीको बुटवल उपमहानगरपालिकामा सबै भन्दा बढी संक्रमित थपिएका छन् ।

स्वास्थ्य कार्याmयको रिपोर्ट अनुसार बुटवल उपमहानगरमा मात्र २१६ जना नयाँ संक्रमित थपिएका छन् । आज संक्रमित थपिएका पालिकाहरुमा तिलोत्तमा नगरपालिकामा ८७ जना, सिद्धार्थनगरमा ७३ जना, देवदहमा २० जना, सैनामैनामा १६ जना, मायादेबी, कञ्चन र सुद्धोधनमा ८।८ जना, सियारी र ओमसतियामा ७।७ जना, गैडहवा, लुम्बिनी साँस्कृतिक नगर, कोटहिमाई र रोहीणीमा २।२ जना तथा मर्चवारीमा १ जना रहेका छन् ।

पछिल्लो २४ घण्टामा रुपन्देहीमा ४ जना कोरोना संक्रमतिको मृत्यु भएको छ । आज मृत्यु भएसंगै जिल्लामा मृत्यु हुनेको संख्या १९१ पुगेको छ । जिल्लाका बिभिन्न अस्पताल, आइसोलेशन तथा होम आइसोलेशन गरि रुपन्देहीमा २९३० जनाले कोरोनाको उपचार गराईरहेका छन् ।

प्रकाशित मिति : १७ बैशाख २०७८, शुक्रबार  ८ : ३० बजे

नारायणगढ-मुग्लिन सडक सञ्चालन

चितवन । नारायणगढ-मुग्लिन खण्डमा खसेको पहिरो पन्छाएर दुवैतर्फी रुपमा सडक

सत्तापक्षले आफ्नै कार्यकर्तालाई आन्दोलनमा उतारेर दोष विपक्षीलाई दिन खोजेको छ : महासचिव पोखरेल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी एमालेका महासचिव शङ्कर पोखरेलले सत्तापक्षले

सुनको मूल्य तोलामा ८०० रुपैयाँ वृद्धि

काठमाडौं । नेपाली बजारमा सोमबार सुन र चाँदी दुवैको मूल्य

विभिन्न पाँच समितिको बैठक बस्दै

काठमाडौं । सङ्घीय संसद, प्रतिनिधिसभा अन्तर्गतका विभिन्न पाँच समितिको बैठक

सवारी साधनको ठक्करबाट झापामा वृद्धको मृत्यु

भद्रपुर । झापाको कन्काई नगरपालिका–४ कोटीहोममा सवारी साधन ‘पिकअप’को ठक्करबाट