१३ बैशाख २०८१, बिहिबार | April 25, 2024

रुपन्देहीमा थपिए ४५९ नयाँ कोरोना संक्रमित, पछिल्लो २४ घण्टामा ४ जनाको मृत्यु



बुटवल । रुपन्देहीमा आज पनि झण्डै साढे चार सय बढीको संख्यामा कोरोना संक्रमित थपिएका छन् । पछिल्लो २४ घण्टाको रिपोर्ट सार्वजानिक गर्दै स्वास्थ्य कार्यालय रुपन्देहीले रुपन्देहीमा ४५९ जना नयाँ कोरोना संक्रमित थपिएको जानकारी दिएको छ । आज पनि रुपन्देहीको बुटवल उपमहानगरपालिकामा सबै भन्दा बढी संक्रमित थपिएका छन् ।

स्वास्थ्य कार्याmयको रिपोर्ट अनुसार बुटवल उपमहानगरमा मात्र २१६ जना नयाँ संक्रमित थपिएका छन् । आज संक्रमित थपिएका पालिकाहरुमा तिलोत्तमा नगरपालिकामा ८७ जना, सिद्धार्थनगरमा ७३ जना, देवदहमा २० जना, सैनामैनामा १६ जना, मायादेबी, कञ्चन र सुद्धोधनमा ८।८ जना, सियारी र ओमसतियामा ७।७ जना, गैडहवा, लुम्बिनी साँस्कृतिक नगर, कोटहिमाई र रोहीणीमा २।२ जना तथा मर्चवारीमा १ जना रहेका छन् ।

पछिल्लो २४ घण्टामा रुपन्देहीमा ४ जना कोरोना संक्रमतिको मृत्यु भएको छ । आज मृत्यु भएसंगै जिल्लामा मृत्यु हुनेको संख्या १९१ पुगेको छ । जिल्लाका बिभिन्न अस्पताल, आइसोलेशन तथा होम आइसोलेशन गरि रुपन्देहीमा २९३० जनाले कोरोनाको उपचार गराईरहेका छन् ।

प्रकाशित मिति : १७ बैशाख २०७८, शुक्रबार  ८ : ३० बजे

त्रिवि भूगोल केन्द्रीय विभागमा माटो परीक्षण तालिम

काठमाडौं । त्रिभुवन विश्वविद्यालय भूगोल केन्द्रीय विभागले माटोको नियमित परीक्षण

१६ औँ योजनाले एकीकृत पूर्वाधार र सूचना प्रविधिको विस्तारलाई जोड दिएको छ : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले १६ औँ योजनामा एकीकृत

वेस्ट इन्डिज ए विरुद्ध खेल्ने नेपाली टिमको घोषणा

काठमाडौं । नेपालले वेस्ट इन्डिज ए विरुद्ध खेल्ने टिमको घोषणा

आज सुन तोलाको १ लाख ३५ हजार ८०० रुपैयाँ

काठमाडौं । नेपाली बजारमा सुनचाँदीको मुल्य घटेको छ । नेपाल

बसको ठक्करबाट भरतपुरमा तीर्थयात्रीको मृत्यु

भरतपुर । पूर्वी चितवनको राप्ती नगरपालिकामा बसको ठक्करबाट एक जना