१६ बैशाख २०८१, आइतबार | April 28, 2024

बाँकेमा आज पनि थपिए ४३५ संक्रमित, ५ जनाको मृत्यु



नेपालगन्ज । बाँकेमा आज पनि ४३५ जना नयाँ संक्रमित थपिएका छन् । २ वटा प्रयोगशाला र सिमानाको एन्टिजेन परीक्षणबाट ४३५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

बाँकेको भेरी अस्पतालको पीसीआर प्रयोगशालामा ३२८ जनाको नमुना परीक्षण गर्दा ४५३ जनामा संक्रमण पुष्टि भएको छ भने नेपालगन्ज मेडिकल कलेजको प्रयोगशालामा २४२ जनाको नमुना परीक्षण गर्दा १७४ जनामा संक्रमण पुष्टि भएको छ । त्यस्तै सिमानाको जमुनाहामा ६२ जनाको एन्टिजेन परीक्षण गर्दा ८ जनामा संक्रमण देखिएको थियो । आज यो समाचार तयार पार्दा सम्म बागेश्वरी ल्यावको रिपोर्ट आईसकेको छैन ।

भेरीको परीक्षणलाई विश्लेषण गर्दा न्यूनतम उमेर २ वर्ष देखि अधिकतम उमेर ८२ बर्ष सम्मकालाई संक्रमण पुष्टि भएको पाईएको छ । संक्रमणको उमेर समूहमा सबैभन्दा बढी २० वर्ष देखि २९ वर्ष उमेर समुहकालाई सबैभन्दा बढी संक्रमण भएको पाईएको छ । त्यसपछि ३० देखि ३९ वर्ष उमेर समुहमा संक्रमित भएको पाईएको छ ।

आज पुष्टि भएका ४५३ मध्य बाँकेका ३६० जना र अन्य बाँके बाहिरको रहेको डीसीएमसी बाँकेका कारोना फोकलपर्शन तेज ओलीले बताए ।

बाँकेमा आज ५ जनाको ज्यान गएको छ । जसमा ३ महिला र २ पुरुष रहेका छन् । बाँकेमा उपचारका लागि ल्याईएका ४ जना पुरुषको पनि बाँकेमा मृत्यु भएको छ । आज सम्ममा बाँकेमा जिल्ला भित्रका १२० र जिल्ला बाहिरका ११८ जनाको मृत्यु भईसकेको छ ।

१११ वर्षिया महिलाले परास्त गरिन कोरोना

बाँकेका बिभिन्न अस्पताल तथा आईसोलेशन सेन्टरमा बस्दै आएका १०६ महिला तथा १४४ पुरुष आजै कोरोनामुक्त भएका हुन । उनिहरुलाई शनिबार डिस्चार्ज गरेर घर पठाईएको फोकलपर्शन ओलीले जानकारी दिए ।

शनिबार मात्र १११ वर्षिया बृद्धाले कोरोनासँगको लडाई जितेकी छन । आज १११ वर्षिया बृद्धा सहित बाँकेका २५० जना कोरोनामुक्त हुँदै डिस्चार्ज भएका छन ।

 

प्रकाशित मिति : १८ बैशाख २०७८, शनिबार  १० : ३८ बजे

काठमाडौं महानगरका अस्पतालमा देशैभरका विपन्न र असहाय बिरामीले नि:शुल्क उपचार पाउने

नेपालगन्ज । काठमाडौं महानगरले देशैभरका अशक्त र गरिब बिरामीलाई नि:शुल्क

नेपाल उदार आर्थिक नीतिप्रति प्रतिबद्ध छ, लगानी गर्नुहोस् : प्रधानमन्त्री

काठमाडौँ, १६ वैशाख स् प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल लगानीका

वेस्ट इन्डिज ए ले टस जित्यो, नेपालले पहिला फिल्डिङ गर्दै

काठमाडौँ । नेपाल र वेस्ट इन्डिज ए बीचको टी-२० सिरिजको

यस्तो छ लगानी सम्मेलनको कार्यतालिका

काठमाडौं । आजदेखि सुरु भएको तेस्रो लगानी सम्मेलनको पहिलो दिन

राष्ट्रपतिद्वारा लगानी सहजीकरणसम्बन्धी अध्यादेश जारी

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले लगानी सहजीकरणसम्बन्धी केही नेपाल ऐनलाई