८ बैशाख २०८१, शनिबार | April 20, 2024

बाँकेमा ५३५ संक्रमित थपिए, ३०५ जनाको डिस्चार्ज, १२ जनाको मृत्यु



नेपालगन्ज । बाँकेमा आज पनि ५ सय बढी कोरोना संक्रमितहरु थपिएका छन् । निषेधाज्ञाको आठौ दिन सम्मपनि बाँकेमा कोरोनाको ग्राफ ५०० बाट तल झर्न सकेको छैन । पछिल्लो २४ घण्टामा २ वटा ल्याव र सिमानाकाको एन्टिजेन परीक्षणबाट ५३५ जनामा कोरोना पुष्टि भएको हो । जसमध्य ४५१ जना बाँकेका हुन् भने बाँकी अन्य जिल्लाका रहेका छन् ।

भेरी अस्पतालको पीसीआर प्रयोगशालामा ५८३ नमुना परीक्षण गर्दा ३७५ जनामा संक्रमण पुष्टि भएको छ भने नेपालगन्ज मेडिकल कलेजको ल्यावमा २११ नमुना परीक्षण गर्दा १५७ जनामा संक्रमण पुष्टि भएको छ । बागेश्वरी डाइग्नोशिस केन्द्रले हिजो देखि रिपोर्ट नपठाएको डीसीसीएमसीले जनाएको छ । सिमानाका जमुनाहामा २७ जनाको एन्टिजेन परीक्षणमा ३ जनामा पोजेटिभ देखिएको थियो ।

बाँकेमा आइतबार १४ महिनाको बालक सहित १४२ जना महिला र १६३ जना पुरुष गरेर ३०५ जना निको भएर घर फर्किएका छन् ।

बाँकेमा पछिल्लो २४ घण्टामा १२ जनाको ज्यान गएको छ । जस्मा ९ जना बाँके जिल्ला भित्रकै रहेका छन् भने ३ जना जिल्ला बाहिरका रहेका छन् । आज भएको मृत्यु सँगै बाँके जिल्लाका १२९ जना र जिल्ला बाहिरका १२१ जनाको बाँकेमा उपचारका क्रममा मृत्यु भएको छ ।

प्रकाशित मिति : १९ बैशाख २०७८, आइतबार  ९ : ५६ बजे

झुलाघाट नाका पुनः सञ्चालनमा

बैतडी । भारतसँग सीमा जोडिएको बैतडीको झुलाघाट नाका पुनः सञ्चालनमा

तिलोत्तमाको जानकीनगरमा डाँफे इलेक्ट्रोनिक्स हाउस

बुटवल । उपभोक्तालाई एउटै छानोमुनी सम्पूर्ण इलेक्ट्रोनिक्सका सामान उपलब्ध गराउने

नेपालले हङकङलाई दियो १४० रनको मध्यम लक्ष्य 

काठमाडौं । नेपालले हङकङलाई १४० रनको लक्ष्य दिएको छ ।

बुटवलको मिलनचोकमा रहेको बागेश्वरी कला तथा संगित एकेडेमीले मनायो रजत जयन्ती

बुटवल । बुटवल मिलनचोकमा रहेको बागेश्वरी कला तथा संगित एकेडेमीले

सुनकोसी मरिण डाइभर्सन : सुरुङ खन्न ११० मिटर बाँकी, १८ दिनपछि ‘ब्रेक थ्रु’

काठमाडौं । राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको सुनकोसी मरिण डाइभर्सन