१८ श्रावण २०८३, सोमबार | August 3, 2026

बाँकेमा ५३५ संक्रमित थपिए, ३०५ जनाको डिस्चार्ज, १२ जनाको मृत्यु



नेपालगन्ज । बाँकेमा आज पनि ५ सय बढी कोरोना संक्रमितहरु थपिएका छन् । निषेधाज्ञाको आठौ दिन सम्मपनि बाँकेमा कोरोनाको ग्राफ ५०० बाट तल झर्न सकेको छैन । पछिल्लो २४ घण्टामा २ वटा ल्याव र सिमानाकाको एन्टिजेन परीक्षणबाट ५३५ जनामा कोरोना पुष्टि भएको हो । जसमध्य ४५१ जना बाँकेका हुन् भने बाँकी अन्य जिल्लाका रहेका छन् ।

भेरी अस्पतालको पीसीआर प्रयोगशालामा ५८३ नमुना परीक्षण गर्दा ३७५ जनामा संक्रमण पुष्टि भएको छ भने नेपालगन्ज मेडिकल कलेजको ल्यावमा २११ नमुना परीक्षण गर्दा १५७ जनामा संक्रमण पुष्टि भएको छ । बागेश्वरी डाइग्नोशिस केन्द्रले हिजो देखि रिपोर्ट नपठाएको डीसीसीएमसीले जनाएको छ । सिमानाका जमुनाहामा २७ जनाको एन्टिजेन परीक्षणमा ३ जनामा पोजेटिभ देखिएको थियो ।

बाँकेमा आइतबार १४ महिनाको बालक सहित १४२ जना महिला र १६३ जना पुरुष गरेर ३०५ जना निको भएर घर फर्किएका छन् ।

बाँकेमा पछिल्लो २४ घण्टामा १२ जनाको ज्यान गएको छ । जस्मा ९ जना बाँके जिल्ला भित्रकै रहेका छन् भने ३ जना जिल्ला बाहिरका रहेका छन् । आज भएको मृत्यु सँगै बाँके जिल्लाका १२९ जना र जिल्ला बाहिरका १२१ जनाको बाँकेमा उपचारका क्रममा मृत्यु भएको छ ।

प्रकाशित मिति : १९ बैशाख २०७८, आइतबार  ९ : ५६ बजे

सवारी साधनको ठक्करबाट झापामा वृद्धको मृत्यु

भद्रपुर । झापाको कन्काई नगरपालिका–४ कोटीहोममा सवारी साधन ‘पिकअप’को ठक्करबाट

नेपाली कांग्रेस संसदीय दलको बैठक बस्दै

काठमाडौं । नेपाली कांग्रेस संसदीय दलको बैठक आज बस्ने भएको

विराटनगरका उद्योगी-व्यवसायी प्रकाश मुन्दडाको घर र कार्यालयमा प्रहरीको छापा

काठमाडौं । विराटनगरस्थित प्रमुख औद्योगिक तथा व्यापारिक घराना देवनरा ग्रुपका

चितवनबाट गत एक वर्षमा ८९ जना बेपत्ता, खोजी जारी

चितवन । जिल्लाबाट बेपत्ता भएका व्यक्ति मध्ये ८९ अझै सम्पर्कमा

नारायणगढ-मुग्लिन सडकको नाम्सी पुलमा पहिरो, यातायात सेवा प्रभावित

चितवन । नारायणगढ-मुग्लिन सडकखण्डको नाम्सी नयाँ पुलमा आज बिहान ढुङ्गा