१८ श्रावण २०८३, सोमबार | August 3, 2026

बाँकेमा आज थपिने संक्रमित भन्दा निको हुने धेरै, २२९ संक्रमित थपिँदा ३४५ जना डिस्चार्ज



नेपालगन्ज । बाँकेमा सबैभन्दा बढी नमुना परीक्षण हुने भेरी अस्पताल प्रयोगशालाको रिपोर्ट प्राप्त नभएको अवस्थामा समेत बाँकेमा ४५६ जनामा कोरोना संक्रमित थपिएका छन् । नेपालगन्ज मेडिकल कलेज, बागेश्वरी ल्याव र सिमानाकाको एन्टिजेन परीक्षबाट ४५६ जनामा संक्रमण पुष्टि भएको हो ।

डीसीसीएमसी बाँकेले दिएको जानकारी अनुसार नेपालगन्ज् मेडिकल कलेजको ल्यावमा २९९ नमुना परीक्षण गर्दा २१० जनामा संक्रमण पुष्टि भएको छ भने बागेश्वरी ल्यावमा ४२० नमुना परीक्षण गर्दा २४३ जनामा संक्रमण पुष्टि भएको छ । सिमानाका जमुनाहामा २७ जनाको नमुना परीक्षण गर्दा ३ जनामा रिपोर्ट पाजेटिभ आएको डीसीसीएमसीका कोरोना फोकलपर्शन तेज ओलीले बताए । भेरीको रिपोर्ट मंगलबार मात्र आउने ओलीले बताए । आज पुष्टि भएको संक्रमित मध्य बाँकेका २२९ जना र बाँकी अन्य जिल्लाका हुन् ।

बाँकेमा आज ३४५ जना कोरोना मुक्त भएर घर फर्केका छन् भने जिल्लामा १२ जना संक्रमितको मृत्यु भएको छ । मृत्यु हुने मध्य १० जना बाँकेका र २ जना बाँके जिल्ला बाहिरका हुन् ।

प्रकाशित मिति : २० बैशाख २०७८, सोमबार  १० : ५४ बजे

सवारी साधनको ठक्करबाट झापामा वृद्धको मृत्यु

भद्रपुर । झापाको कन्काई नगरपालिका–४ कोटीहोममा सवारी साधन ‘पिकअप’को ठक्करबाट

नेपाली कांग्रेस संसदीय दलको बैठक बस्दै

काठमाडौं । नेपाली कांग्रेस संसदीय दलको बैठक आज बस्ने भएको

विराटनगरका उद्योगी-व्यवसायी प्रकाश मुन्दडाको घर र कार्यालयमा प्रहरीको छापा

काठमाडौं । विराटनगरस्थित प्रमुख औद्योगिक तथा व्यापारिक घराना देवनरा ग्रुपका

चितवनबाट गत एक वर्षमा ८९ जना बेपत्ता, खोजी जारी

चितवन । जिल्लाबाट बेपत्ता भएका व्यक्ति मध्ये ८९ अझै सम्पर्कमा

नारायणगढ-मुग्लिन सडकको नाम्सी पुलमा पहिरो, यातायात सेवा प्रभावित

चितवन । नारायणगढ-मुग्लिन सडकखण्डको नाम्सी नयाँ पुलमा आज बिहान ढुङ्गा